घरेलु हिंसा बिरुद्ध अभिनेत्री केकी अधिकारी (तस्विर सहित)

अहिले देश भर चर्चाको विषय छ घरेलु हिंसा । अझ निर्माता छवीराज ओझा बिरुद्ध अभिनेत्री पत्नी शिल्पा पोखरेलको कदमका कारण नेपाली फिल्म जगत यहि बिषयले गर्मिएको छ । महिलाको बिषयमा सदैव सचेत नायिका केकी अधिकारीको घरेलु हिंसा देखाउने शुक्रबार साप्ताहिकका लागि भएको फोटोसुटका केहि तस्विर यहाँ प्रस्तुत गरिएको छ ।

यहि बिषयमा उनले एक भावना समेत सामाजिक संजाल मार्फत व्यक्त गरेकी थिइन् । जसले धेरै चर्चा पायो । शिल्पा पोखरेलको आवाज बनेर बोलेको भने पनि अधिकारीले अधिकाम्सं पिडित नारीको आवाज समेट्न कोशिस गरेको बताएकी छन् । आफ्नै पतिबाट भएको नै किन नहोस जो कोहि महिला अन्यायमा छ भने न्यायको लागि आवाज उठाउन पर्ने उनको बिचार रहेको छ ।