‘महिला भएको भए छविबाको चौथो श्रीमती म बन्थें’ नायक किशोर खतिवडा

फिल्मी ब्याग्राउण्ड भन्दा बिल्कुल फरक परिवेशबाट आएका किशोर खतिवडालाई आफ्नो फिल्ममा लिएर नामको अगाडी नायक थप्ने काम निर्माता छवि राज ओझाले गरेका हुन् । हाल लाइमलाइटमा रहेको छवी-शिल्पा विवादमा उनै ‘कसले चोर्यो मेरो मन’ डेब्यु नायक खतिवडाले मुख खोलेका छन् ।

एक अन्तर्वार्ताको क्रममा उनले महिला भएको भए छवि राज ओझाको चौथो श्रीमती शिल्पा नभएर  आफै हुने बताएका छन् । जसले जे भने पनि पत्याईहाल्ने बानिको कारण आज छविको यो हालत भएको हो । त्यत्रो उमेर अन्तर हुदा हुदै पनि ‘ तिमीलाई म जिन्दगी भर साथ दिन्छु’ भनेको भरमा विवाह गर्न नहुने उनको तर्क छ ।

खतिवडाले छविका धेरै फिल्ममा अभिनय गरेका छन् । छविको जिन्दगिमा शिल्पाको आगमनसंगै अधिकांस कामका निर्णय शिल्पाको स्वीकृतिमा हुने गरेको थियो । फिल्म ‘मङ्गलम’का लागि शिल्पाको इच्छा अनुसार नै पुष्प खड्का फाइनल भएका र फिल्म ‘किस्मत २’ का लागि शिल्पाले नै छविको माध्यमबाट उनले आफुलाई अप्रोच गरेको भनेका छन् । आफु प्रयोग भएको बुझ्न नसक्नु नै छविको कमजोरी रहेको भनेर उनले पटक पटक भनेका छन् ।

झगडा र सम्बन्ध बिच्छेदको विषयमा उनले ‘एकको मात्रै गल्तिले यस्तो नहुने’ भनेका छन् । भने छविको बिवाह प्रति असन्तुस्टी देखाउदै आफुले जे जस्तो खान्छु त्यस्तै खाएर आफुसंग राख्ने भन्दा भन्दै पनि थाहा नै नदिई विवाह गरेको भनेर डुखेसो पोखे । साथै ‘अझै पनि जुन सुकै परिस्थितिमा मसंग बस्दा हुन्छ किनकी मेरो कर्म दिने बाबु छवि नै हुन्’ भनेका छन् ।