‘सुखको जुनी’ मा यशराजको यस्तो हालत

मंसिर १३देखि देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘लभ यु हमेशा’ मा समाबेश ‘सुखको जुनी’ बोलको गीत सार्वजनीक गरिएको छ । उदय सोताङको स्वर,भास्कर प्रधान (भासु) को शब्द र संगीत रहेको गीतको भिडियोको कोरियोग्राफी कमल राईले गरेका हुन् ।

भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको यस गीतमा अभिनेता यशराज गरच, गोपाल ढकाल (छन्दे),शिसिर राणा, ऋचा थापा, फिजा योन्जनलगायतका कलाकार फिचर छन् । धर्मा क्रिएसनको ब्यानरमा मिलन गुरुङ सहनिर्माता रहेको फिल्मको सुटिङ भारतको दार्जिलिङ,कालेबुङलगायतका काठमाडौ र फिलिपिन्नसमा गरिएको हो । शिब ढकालले खिचिको फिल्ममा यशराज साइक्याट्रिक डाक्टरको भूमिकामा छन् । फिल्ममा यशराजका साथमा ऋचा थापा, फिजा योन्जन,निराजन मेहतालगायतका कलाकारले अभिनय गरेका छन् । भारतका बिभिन्न स्थानमा समेत प्रदर्शन भइरहेको फिल्म नेपालका दर्शकले समेत मन पराइरहेको जानकारी निर्माता गुरुङले दिएका छन् ।