महजोडीको साथ प्रदीप : आगामी बर्षको कार्तिकमा फिल्म रिलिज

सफल फिल्म जात्रा निर्माण समुह षटकोण आर्ट्सको फिल्ममा मह जोड आबद्ध भएका हुन् । फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहनेछ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय रहने नाम फाइनल नभएको फिल्ममा मह सञ्चारको व्यानर रहने या नरहने भने फाइनल भएको छैन । फिल्मको नाम केहि दिनमा सार्वजनिक गर्ने तयारीमा रहेको प्रदर्शन मिति भने आउँदो वर्ष २०७७ को कार्तिक ७ लाई तय गरेको छ ।

यस अघि प्रदिपले महसंचारको फिल्म ‘शत्रु गते’ निर्देशन गरेका थिए । उक्त फिल्म सफल भयो । साथै उनी निर्देशित फिल्म जात्रा र जात्रै जात्राले समेत सफलताको फल चाख्न पायो । अब पुनः उनी मह जोडी संग जोडिने भएका छन् । उनी महजोडीलाई जिउदो भगवानको रुपमा लिने गर्छन् ।