प्रमोद खरेलकी ‘रुन्ची राइटर’ फ्यान

म आफै भने मनिषा पौडेलको फ्यान ।  सामाजिक संजाल फेसबुकमा भएको महिलाहरुको समूह ‘डब्ल्युआरआर’ की एक्टिभ मेम्बर मनिषाको शब्दमा शक्ति छ । उनी मनछुने हिसावले लेख्ने गर्छिन्।

उनको प्रोफाइल पछ्याउदै जादा पटक पटक  प्रमोद खरेलको फोटो प्रोफाइल पिक्चरको रुपमा पोष्ट गरेको देख्ने गर्थे । अचम्म पनि लाग्थ्यो ।उनका आफ्नै यतिका बढी फ्यान छन्, फेरी उनी प्रमोदको फ्यान ? चाहेको खण्डमा उनले किन भेट्न नासक्लिन र !

तर म गलत रहेछु । कोहि व्यक्ति ‘मन परे पछी पर्यो पर्यो’, यसै भनेको होइन रहेछ । उनले प्रमोद खरेल भट्नु त एउटा सपना नै पुरा हुनु पो रहेछ । उनले ‘मलाई नाटक गरिस् भन्ने हरु…’ भन्दै एक मर्मस्पर्शी पोस्ट गरिन् । त्यो पछी मैले पुनः उनको प्रोफाइलमा नै गएर पोस्ट हेरे ।आखाँ भरियो ।
भिडियो लिंक :
https://www.facebook.com/princess.manisha.351104/videos/745050202572946/
नयाँ वर्षको आधा रात, उनी आवाज नै निकालेर रुदै रुदै प्रमोद भएको स्थानमा जादैछिन् । पुसको चिसो, मध्य रातलाई समेत बेवास्था गर्दै उनका श्रीमान उनलाई लिएर प्रमोद बसेको होटल रुम सम्म पुगेका छन् । भिडियोमा कैद गरिएको उनको त्यो क्षण कुनै फिल्म भन्दा कम छैन ।

दिन भर ३स्थानमा कार्यक्रम सकेर आएका प्रमोद आफै पनि थाकेका थिए । तर उनले जव मनिषाको स्थिति देखे उनी आफै पनि भाबुक भएको देख्न सकिन्छ । मनिषाले जति पनि कुरा सेयर गरिन्, उनको बोलीमा आसु नै मिसिएको छ । तर खुसिको आँसु ।

मनिषा आफै पनि एक लेखक हुन् । उनी एक पुस्तक लेखिरहेकी छन् र उनको इच्छा छ कि यो पुस्तक प्रमोद खरेलकै हातबाट बिमोचन होस् ।
अहिले हेर्न सकिन्छ, उनी आफ्नो प्रोफाइलमा रुन्चे मुख लिएर प्रमोदसंग मुस्कुराई रहेकी छन् । उनको अर्को सपना समेत छिटै पुरा होस्, शुभकामना।