‘मारुनी’ जापान प्रदर्शन पक्का

फिल्म ‘मारूनी’को विदेश प्रदर्शन सुरु हुने भएको छ । नवल नेपाल निर्देशित सफल फिल्मले जापानबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्न लागेको हो । यही नोभेम्बर ३० तारिकमा जापानमा शो गरिने निर्मात्री पुनम गौतले बताएकी छन् । ३० तारिकमा जापानको नागोयामा फिल्म प्रदर्शन हुने छ । त्यस्तै डिसेम्बर ७ मा ओसाका र त्यसको केही दिनमा नै टोकियोमा पनि प्रदर्शन गर्ने टिमको योजना रहेको छ । फिल्म प्रदर्शनको लागि निर्माता पूनमसँगै नायक पुष्प खड्का पनि जापान पुग्नेछन् । जापान रिलिजपछि अष्ट्रेलिया, अमेरिका, लण्डनलगायत देशहरुमा फिल्म प्रदर्शन हुने छ ।

तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेको फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । फिल्म संजय लामाले खिचेका हुन् ।