फिल्ममा डेब्यु गर्दै नितेशजंग कुँवर

गायक नितेशजंग कुँवर अब फिल्ममा डेब्यु गर्दै छन् । सांगीतिक क्षेत्रमा उल्लेख्य चर्चा कमाएका कुँवरले ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा काम गर्न लागेका हुन् । फिल्ममा ‘कृ’ बाटै डेब्यु गरेकी अभिनेत्री अदिति बुढाथोकी पनि हुनेछिन् । अदिति हाल मुम्बईमा छिन । ‘कृ’ पछि लामो समय फिल्मबाट टाढा रहेकी अदितिको यो दोस्रो फिल्म हुनेछ । स्रोतका अनुसार अदितिकि आमा यस फिल्ममा निर्मात्रीको रुपमा आबद्ध हुनेछिन् । फिल्मको छायांकन धनगढी र सिक्किममा हुनेछ ।