‘२ नम्बरी’ मा दुई साथीको मित्रताको कथा

निर्देशक दिपेन्द्र लामाले फिल्म ‘२ नम्बरी’ मा दुई साथीहरुको मित्रताको कथा रहेको खुलाएका छन् । फिल्म घोषणा कार्यक्रममा उनले यो कुरा खुलाएका हुन् । उनले फिल्मको बिषयबस्तुको बारेमा बिस्तारै खुलाउदै जाने बताए ।

किरण नेपालीको प्रस्तुतिमा बन्ने फिल्मलाइ दिपेन्द्र लामाले नै लेखेका हुन् । फिल्ममा दयाहांग राइ, पल शाह, बर्षा राउत र बुद्धि तामांगको मुख्य भूमिका रहने छ । फिल्म छिटै छायांकनमा जाँदैछ ।