’काजल’ लिएर आए सुनिल, अर्जुन र सुरेश

गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम सुंगीतमा आधारित नयाँ गीत ‘काजल‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ । गायक लामा युवा पुस्तामा लोकप्रिय मानिन्छन् । शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको मन जितेको । गीतले पाएका प्रतिक्रियाहरूले यसका सर्जकहरू उत्साहित भएका छन् । उक्त गीतमा सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् ।

ए वान म्युजिसियनका किशोर थापाले गीतलाई मिक्स तथा मास्टर गरेका हुन् । गीतको म्युजिक भिडियोले पनि उत्तिकै प्रशंसा पाएको छ ।
युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा मोडल समिर खनालले अभिनय गरेका छन् ।
लोमस पौडेलको सहायक निर्देशनको यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

यस्तो छ भिडियो