दुर्गेशको आयो ‘बिच्च बिच्चमा २’

गायक दुर्गेश थापाले तीजको गीत बजारमा लिएर आएका छन् । उनले ‘बिच्च बिच्चमा २’ बजारमा लिएर आएका हुन् । पोहोर साल उनले ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा’ तीजको गीत बजारमा ल्याएका थिए । जुन गीत हरेक मान्छेको जनजिब्रोमा झुण्डिएको थियो ।

गीतलाई दुर्गेशको आधिकारिक युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको छ । गीतले कोरोना भाइरस फैलावट नियन्त्रण तथा रोकथामका सरकार चुकेको कुरालाई व्यङ्ग्य गरेको छ । यस गीतमा दुर्गेशको आफ्नै स्वर र संगीत छ भने शब्दमा राम खत्री र राजन कार्कीले साथ दिएका छन् ।

यस तीजको भिडियोलाई शिव विकले निर्देशन गरेका छन् भने भिडियोमा दुर्गेशसहित जीवन सहानी क्षेत्री, जिवी चिरन, सरिता केसी, दिपासा विसी, शिल्पी खड्का, अस्मिता जुरेली लगायतको अभिनय देख्न सकिन्छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । सार्वजनिक भएको भिडियोलाई दर्शकले दुइ दिनमै साढे आठ लाख पटक हेरिसकेका छन् ।