‘ब्रिटेन्स गट ट्यालेन्टमा’ भीम निरौलाले दिए नरेश पातलीको झल्को (भिडियो सहित)

नेपालीहरुले देश बाहिर पनि गायन क्षेत्रमा आफ्नो स्थान बनाउने प्रयास गरिरहेका छन् । केहि दिन अघि दिवेश पोखरेल अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उत्कृष्ट २० मा पर्न सफल भए । त्यस्तै सात वर्ष अघि ‘सन्डे मार्निङ लभ यू’ बाट चर्चित बनेका गायक भीम निरौला भर्खरै बेलायती रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा सहभागी भए । शोमा उनले आफ्नो सबैभन्दा चर्चित गीत ‘सन्डे मार्निङ लभ यू’ नै गाए ।

जजहरुले तपाई कुन गीत गाउनुहुन्छ भन्दा भीमले श्रीमतीका लागि लेखेको गीत गाएर सुनाउँछु भनेका थिए । त्यसपछि उनले गीत गाउन शुरु गरे । उनले गीत गाउन शुरु गरेको एकैछिनमा एक जज साइमन कोवेलले असहमतिको बजर दबाए तर अन्य जजहरुले भने रमाइलो मान्दै भीमलाई साथ दिएका थिए । उनलाई संचालकहरु, साइमन बाहेकका अन्य जजहरु र उपस्थित दर्शकहरुले संगै गाउँदै, हात हल्लाउदै, नाच्दै हौसला दिईराखेका थिए । भीमले पनि आत्मविश्वासका साथ आफ्नो प्रस्तुति पेस गरे । उनले धक नमानी मज्जाले गीत गाए । साथै उनि शोको अर्को चरणको लागि पनि छनोट भएका छन् ।

Feeling the LOVE! You'll love HEART-MELTING Bhim Niroula EVERY DAY!

Vocal chords at the ready… ???We love Bhim every day! ❤️ #BGT

Gepostet von Britain's Got Talent am Samstag, 25. April 2020

तर उनको प्रस्तुतिले भने केहि अघि नेपाल आइडलमा सहभागी भएका नरेश पातलीको झल्को दिईरहेको थियो । बझाङका नरेश पातलीले धनगडी अडिसनमा ‘उ जितेर गइ या हारेर गइ’ बोलको गीत गाएपछि उनको सर्वत्र चर्चा हुन थालेको थियो । न उनले सुरमा गाएका थिए न तालमा नै तर त्यहि बेताल को गायकी दर्शकको लागि मनोरन्जनको सामग्री भैदियो । नेपाल आइडलमै गएका झक्कड़ थापा र केहि दिन अघि प्रसारण भएको नेपाल स्टारका सन्तोष तामाङको अवस्था पनि त्यस्तै थियो ।

‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा भीमको पनि हालत त्यस्तै त्यस्तैनै रह्यो । उनको गायकी ताल न बेतालको थियो तर सबैलाई त्यसले मनोरन्जन दिईराखेको थियो । उनको गायनमा अग्रेजी फिट भएको देखिदैनथ्यो र स्वरमा पनि मिठास भेटिदैनथ्यो । गीतको मेलोडीले भने दर्शकहरु र जजहरुलाई आकर्षित गरेको थियो । सामाजिक संजालमा उनको प्रतिभा भन्दा पनि उनले प्रदान गरेको मनोरंजनको कारण उनको चर्चा भईरहेको प्रतिक्रियाहरु आइरहेको छ ।

गीत जस्तो सुकै भए पनि दर्शकहरुलाई मनोरंजन दिन भने उनि सफल भएका छन् । र उनको यो प्रस्तुतिले नरेश पातली र झक्कड थापालाई फेरी सम्झाइदिएको छ ।