खान नपाएका व्यक्तिका लागि अर्जुन कुमारका ३४ पेन्टिङ

फिल्मकर्मी अर्जुन कुमारको पेन्टिङलाई लकडाउनले नजिकबाट चिनायो । उनको संगीतमोह पनि प्रस्ट्यायो। उनलाई एक फिल्म निर्माताको रुपमा मात्रै चिन्ने पछिल्लो पुस्ताका लागि यो नया कुरा थियो । ललितकला क्याम्पसमा फाइन आर्ट पढेका उनी खास फिल्म फिल्मकर्मी भन्दा पनि कलाकर्मी पो रहेछन् । त्यसैले त उनलाई सबै कलाले आफु नजिक तानेर राख्यो । चपली हाइट निर्माता भनेर चिन्नु त उनको परिचयको एक अंश मात्रै रहेछ ।

लकडाउनको समयमा उनले बनाएका चित्रहरु आफ्नै सौख पुरा गर्न मात्रै नबनाएको थाहा पाउदा धेरैलाइ छक्क लाग्ला । अनि किन त ? भन्ने प्रश्न पनि उब्जेला । जवाफ छ, ‘राम्रो कामको लागि ।’

उनले बनाएका ३४ तस्विरलाई उनले अहिले विक्रीमा राखेका छन् । बिदेशीको भए सेलिब्रेटी किड्स सम्मका क्रियाकलापमा आखा पुग्ने हाम्रो, अर्जुन कुमारको पुण्य काममा भने आखाँ नै गएको रहेन छ ।

उनले पेन्टिङ बिक्रिबाट आएको सम्पूर्ण रकम कोरोनाका कारण समस्यामा परेका गरिव दुखि परिवारसम्म पुर्याउने भनेका छन् । संकटको समयमा गोजीबाट रकम खर्चिनु भन्दा कलाकर्मी भएको हैसियतले उनको यो कदम पक्कै राम्रो छ । एक तर्फ कलाले महत्व पाउने छ भने अर्को तर्फ खाली पेटमा अन्न पुग्ने भएको छ । उनले आफ्नो कलाको कुनै दाम तोकेका छैनन् । तर जति विक्री हुन्छ सम्पूर्ण रकम समाजसेवामा खर्चने प्रतिज्ञा गरेका छन् ।
हेरौ उनले कोरेका विक्रीमा रहेका चित्रहरु :