गायिका तिर्थकुमारी थापा : एक परिचय

पछिल्लो समय ‘दाई का को ?’ भन्ने गीत सामाजिक संजाल टिकटकमा चर्चामा रहेको छ । गीतको सानो अंश ‘दाई काको ? दमौली, बहिनी ? म डुम्रे बजारको’ र दाइको नाम? मै हु झिल्के । मै सानीपुतली ।‘ चर्चामा रहेको छ । केही दिनमा नै यो गीत टिकटकमा चर्चित मध्येको एक गीत बन्न सफल भएको छ ।  यसरी अचानक चर्चामा आएको यो गीतका श्रस्टा शर्जकको विषयमा भने पछिल्लो पुस्ता अन्जान छन् । यहि गीत की गायिका तिर्थ कुमारी थापाको हिजो बैशाख २९ गते जन्म दिन । गीतमा तिर्थ कुमारीको साथमा रत्न बेहोशीको स्वर रहेको छ । गीतको शब्द संगीत समेत बेहोसीले नै गरेका रहेछन् । उक्त गीत तिर्थ कुमारीका लोक गीत नामक गीति संग्रहमा समावेश गरिएको छ ।

आजको हाम्रो चर्चाको विषय रहेको छ, उनै चर्चित गायिका तिर्थ कुमारी र उनको संघर्षको ।

बिक्रम सम्बत २०१० साल बैशाख २९ गते तिर्थ कुमारी ललितपुरमा जन्मिएकी हुन् । बाबु हर्ष बहादुर र आमा ज्ञानी कुमारी सिंहकी दोश्रो सन्तान तिर्थको घरमा सांगीतिक माहोल रहेको थियो । उनका हजुरबुवा र बुवा समेत संगीतमा रुची राख्ने गीत गाउने भएको कारण उनको सांगीतिक यात्रा खासै कठिन थिएन । समाजको कुरा गर्दा समर्थन नगर्ने, कुरा काटनेको कमी नभएको कारण केहि अप्ठ्यारो भए पनि उनको पारिवारीक समर्थनले उनलाई अगाडी बढ्न प्रेरणा दिदै गयो । जतिखेर पनि उनलाई । गीत गाउन पर्ने रे सानोमा एकदम चन्चल उनले कक्षा कोठामा गीत गएको कारण धेरै पटक सजाय समेत पाएकी रहिछन् । तर उनको गीत प्रतिको मोह केहीले पनि कम गर्न दिएन । उनले खेतबारीमा काम गर्दा दोहोरी, जुहारी समेत गाउने गर्थिन् । उनलाई गीत गाउन कहिले पनि लाज नलाग्ने थियो । उनको गीत प्रतिको मोह छुट्टै थियो ।

एस एल सी सम्म अध्ययन गरेकी उनले लोकसेवा परिक्षा पास गरेर ३४बर्ष सम्म सरकारी जागिरेको रुपमा जीवन व्यतित गरेकी छन् । उनले २०२८सालमा अस्थाई रुपमा सुरु गरेको भुमि सुधार मन्त्रालयको जागिरले नै उनलाई रेडियो नेपाल सम्मको यात्रा जुरायो ।  खाजा खाने समयमा तारा देवी हेर्न रेडियो नेपाल गएकी उनलाई सोही अवसरले स्थापित गायिका बन्ने बाटो खोल्यो । प्रतिक्षालयमा बसेर कुरिरहदा संगीतकर्मी गणेश परियारसंगको भेट उनका लागि फलदाई सावित भयो । गायिका हेर्न पुगेकी उनी आफै गायिका बनेर फर्कीइन् । गणेश परियार कै कारण उनले स्वर परिक्षा पास गर्नु अगावै लोक गीत ‘पर्ख तिमीलाई जाल बुन्नेलाई’ गाउने अवसर पाइन् ।

चार विधा शास्त्रीय, लोक, रास्ट्रीय र आधुनिकमा स्वर परिक्षा दिएकी उनले आधुनिक गीतको लागि रेडियो नेपाल मार्फत २०२८ सालमा स्वर परिक्षा पास गरिन् । उनले स्वर परिक्षा पास गरे संगै पहिलो गीत’कति सारै जमेकी पिरती’ गीत गाइन् । आधुनिक गीत गाउनको लागि ६ महिना सम्म पालो पर्खिनु पर्ने भएक कारण उनले लोक गीतमा हात हालिन् । लोक गीत भने उक्त समय हप्तामा एक पटक गाउन पाइन्थ्यो । यसरी उनले कतिपटक त एक दिनमा नै ४ भन्दा बढी गीत समेत गएकी छन् ।

भुमि सुधार मन्त्रालयमा नै रहेर काम गर्दा उनले अफिस भित्र गाएको गीत सुनेर सोही अफिसका एक कर्मचारी उनी प्रति आकर्षित भए छन् । सानेपाका प्रेम बहादुर थापाको एकोहोरो प्रेम २ बर्ष सम्म चलिरहदा अन्तत उनले तिर्थ समक्ष आफ्नो मनको भावना पोखे ति । र्थले खासै चासो नदिएको कारण उनी विवाह प्रस्ताव लिएर ललितपुर तिर्थको हजुरबुवा कहा पुगे । २०३०सालमा एउटा क्षत्री युवा नेवारको घरमा विवाहको प्रस्ताव बोकेर जान्छ । हजुरबुवाले त्यति सजिलै स्वीकार्न सकेनछन् । तर पछि बिस्तारै बुझ्दै जादा घर परिवार बुझेर नातिनीको हात अन्तरजातीय परिवारमा सुम्पिन तयार भए ।

विवाह पछिको यात्रा उक्त समय त्यति सहज भएन । उनलाई घरको काम केही पनि नजानेको कारण खाना पनि बनाउन नजान्ने भएको कारण सासुको डर एकातिर अफिसको काम गर्ने पर्ने त्यहाँ माथि गीत गाउन रेडियो नेपाल जान पर्ने । उनलाई समय व्यवस्थापन गर्न धेरै गारो थियो । तर पनि उनले जसो तसो समय मिलाउदै गइन् । हुरकाउदै घर परिवार सम्हाल्दै उनले गीत संगीत अगाडी बढाउदै लागिन् । समय व्यवस्थापनको अभावले कतिपटक उनका श्रीमान उनीसंग रिसाउथे रे । तर उनले चुपचाप् बसेर काममा ध्यान दिदै गइन् । त्यही विच उनले सुरु गरेको एभेरेस्ट कल्चर सोसाइटीक कामले त उनको घर जाने समय नै फरक बनाइदियो । ८ बजे सम्म काममा नै रहने उनले घरमा कुरा मिलाउन धेरै समस्या पर्थ्यो । तर पनि उनले त्यहाँ १५बर्ष सम्म काम गरिन् । त्यति मात्र नभएर राजदरवारमा हुने कार्यक्रममा समेत समय दिनु पर्ने भएकोले उनको व्यस्तताले कहिले काही घर परिवारमा किचलो समेत सिर्जना गर्यो । तर धेरै लामो समय समस्या भोग्न परेन ।

दोहोरी गीत गाउनका लागि लाल बहादुर खाती संगको उनको जोडी धेरैले मन पराएको जोडीमा पर्छ । उनीहरुले एक साथ ‘ढुंगे बगर’ गीत धेरै पटक स्टेजमा गाएका थिए । उनका हजुरबुवा र बुवा मात्रै नभएर छोरा समेत संगीतकर्ममा नै रहेका छन् । नेपथ्यका सुरज कुमार थापा उनका आफ्नै छोरा रहेका छन् ।
उनका चर्चित गीतहरु, म त खादिन कुवाको पानी, बारीको डिलमा ओखरबोट, डाडा माथि, पालुंगटार बजार, हुदो रहिछ रे त, झम्के फुली, अर्काकी चेली लगायत रहेका छन् । उनले हजार भन्दा बढी गीत गएकी छन् । भने गीत संगीतकै कारण विभिन्न देशक भ्रमणको अवसर समेत प्राप्त गरेकी छन् । पछिल्लो समय भने उनी घरमा नै अवकास प्राप्त जीवन व्यतित गर्दै छिन् ।