नेपाली फिल्ममा नातावाद बहस : ‘कामको भिख मागेका होइन’

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा नपोटिज्म अर्थात् नातावादको विषय फेरि बहसमा आएको छ । अभिनेत्री कंगना रनावतले खुलेरै सुशान्तको आत्महत्यापछाडी बलिउडको नातावाद र पाखण्ड कारक रहेको बताइसकेकी छिन् ।

बलिउडमा सुशान्तलाई अघि आउन नदिन भूमिका खेलेको भन्दै सलमान खान, करन जोहर आदिविरुद्ध सामाजिक संजालमा बहिष्कार अभियानसम्म सुरु भइसकेको छ । त्यस्तै बलिउडमा सुरु भएको नातावाद बहस अहिले नेपाली फिल्म क्षेत्रमा समेत चर्किरहेको छ ।

अभिनेत्री नम्रता सापकोटाले कलाकारलाई डिप्रेसन हुनुुपछाडी नेपाली फिल्म क्षेत्रमा व्याप्त नातावाद पनि कारक रहेको भिडियो अभिव्यक्ति दिएपछि यो बहस सुरु भएको हो । अभिनेत्री वर्षा शिवाकोटीदेखि अभिनेता नाजिर हुसेनसम्मले नेपाली फिल्म क्षेत्रमा नातावाद र गुटबन्दी व्यापक रहेको टिप्पणी गरिसकेका छन् ।

सँगसँगै यो बहसमा अर्को समुह पनि देखापरेको छ जसले नेपालमा नेपोटिज्म नै नरहेको दाबी गरिरहेको छ । उदाहरणका लागि अभिनेता दीपकराज गिरी । उनले फेसबुकमा व्यंग्यात्मक शैलीमा स्टाटस लेखेका छन्, ‘भारतमा नपोटिजम्को कुरा उठ्नासाथ यता पनि सुरू गरे साथीहरूले । तर हामी कहाँ नपोटिजम् होइन नेप्टोजम् र चेप्टोजमको समस्या छ । गलत मान्छेहरू यहि दाउरोमा भात पकाउँछन् । ’

भारतमा nepotism को कुरा उठ्ना साथ यता पनि सुरू गरे साथिहरूले तर हामि कॉहा nepotism होइन नेप्टोजम र चेप्टोजमको समस्या छ !गलत मान्छेहरू यहि दाउरोमा भात पकाउछन् !!!

Gepostet von Deepak Raj Giree am Dienstag, 16. Juni 2020

नेपालमा नपोटिज्म नै नरहेको दाबी गरेका उनले लेखेको ‘नेप्टोजम्’ र ‘चेप्टोजम’चाँही के हो ? धेरैमा अन्यौलता देखिन्छ । तर, ‘नेप्टो’ र ‘चेप्टो’ भन्दै उनको गरेको यो व्यंग्यात्मक प्रहार जनजाती कलाकार र निर्देशकप्रति इंगित देखिन्छ । पछिल्लो समय फिल्म जगत्मा देखिएको दयाहाङ राई, रामबाबु गुुरुङ, माओत्से गुरुङ आदि कलाकारको टिमअपप्रति उनले यो व्यंग्य गरेर नातावादको बहसलाई अन्यत्र मोड्ने खोजेजस्तो देखिन्छ ।

उनको यो स्टाटसमुनि कतिपयले समर्थन जनाएका छन् भने कतिपयले नातावादलाई प्रोत्साहन गर्न दीपक स्वयम्ले भूमिका खेलेको आरोप लगाएका छन् । ‘नेपाली फिल्म इन्डष्ट्रीको नेपोटिज्मको मुख्यचाँही ‘छक्कापन्जा’ समुह हो । आफ्नो बाहेक अर्काको ब्यानरमा खेल्न नपाउने, तितो सत्यमा जसले खेल्यो त्यसैलाई अहिलेसम्म ‘कन्टिन्यूू’ गराउने, धुर्मुसको प्रोजेक्टमा सपोर्ट नगर्ने सबै यही समुह हो । बाँकी सबैले जान्छन्,’ कमेन्टमा सुमनराजले आरोप लगाएका छन् ।

दीपकको व्यंग्यात्मक स्टाटसमा अर्की आशा भारतीको व्यंग्यात्मक कमेन्ट छ, ‘नेपोटिज्म न हुने भएको भए त म छक्कापन्जा ४ को हिरोइन हुन्थे होला !’

दीपकको स्टाटसमा धेरैले आलोचना लेखेपछि दीपकले मुनि कमेन्टमा पुनः आफ्नो प्रतिक्रिया जनाएका छन् । सबैभन्दा पहिलो कुरा त संसारका हरेक ठाउँमा भाइ–भतिजाबाद केहि हदसम्म होला तर हाम्रो चलचित्र उद्योगमा छोरा छोरी होइन ट्यालेन्ट चल्छ ,’ उनले लेखेका छन्, ‘भारतमै पनि महान अमिताभ बच्चनका छोरा अभिशेक नै बेरोजगार छन्, ठूला कलाकारका छोराछोरी हुँदैमा चल्दैनन् , केहि विशेष गुण हुनैपर्छ ।’

अघिल्लो दिन नातावाद नै नरहेको दाबी गरेका उनले आलोचना खाएपछि लेखेका छन्, ‘यहाँ पनि एकाध कलाकारका सन्तान छन् तर ‘नेपोटिज्म’को समस्या खासै छैन । बरू केहि हदसम्म समूहबाद होला । त्यो संसारमै हुन्छ , हाम्रो पनि समूह छ तर हामी हरेक फिल्ममा नयाँनयाँ हिरोइनहरूसँग , नयाँनयाँ अभिनेताहरूसँग काम गरिरहेका छौ ।’

उनले गायन र अभिनेय क्षेत्रमा नेप्टोजम र चेप्टोजमको समस्या रहेको पुनः प्रतिक्रियामा दो¥याएका छन् । ‘मैले उठाएको नेप्टोजम र चेप्टोजमको समस्या छ, त्यसले गायन क्षेत्र, अभिनय क्षेत्रमा प्रबेश पाएको छ तर त्यति ब्यापक रूपमा होइन । बरू यो समस्या भोलि गएर खतरनाक हुन सक्ला,’ उनले लेखेका छन् ।

‘कामको भिख मागेका होइनौँ’
अभिनेता एवम् मोडल दिक्पाल कार्की समेत मनोरञ्जन क्षेत्रमा नातावाद, कृपावाद र गुटबन्दीरहेको बारे लगातार आवाज उठाइरहेका छन् । तर, कतिपयले नातावाद नै नरहेको, गुटबन्दी हुनु स्वाभाविक रहेको भन्दै टिप्पणी गर्न थालेपछि उनले पुनः प्रतिक्रिया दिएका छन् । ‘हामी नेपोटिज्म, ग्रुपिज्मविरुद्ध आवाज उठाउँदैछौं, मतलब यो होइन कि हामी कामका लागि याचना गरिरहेका छौं, कामको भिख मागिरहेका छाँै, हाम्रो अवस्था त्यस्तो दयनीय छैन, डन्ट वरी,’ उनले लेखेका छन्, ‘हाम्रो आवाज यति हो आफ्नो नजिकको लाई हिरा र हामीलाई किराजस्तो व्यवहार नगर्नुस् । हामी पनि समानता डिजर्भ गर्छौ । हामीलाई तपाईबाट त्यस्तो केही आवश्यक छैन, यहाँ राम्रो र प्रोफेसनल मानिसहरु पनि छन् र हामी उहाँहरुसँग काम गर्न पाउँदा खुशी छौं । त्यसैले हामीलाई तपाईको भिख आवश्यक छैन ।

दिक्पालले मनोरञ्जन क्षेत्र भन्नाले फिल्म क्षेत्रमात्रै नरहेको भन्दै संगीत, भिडियो, टेलिभिजन, मोडलिङ, ब्युटी पेजेन्ट सबैतिर यो समस्या रहेको बताएका छन् । ‘जसले यहाँ नेपोटिज्म छैन भनेर दाबी गरिरहेको छ, उनीहरु नै सबैभन्दा बढी नातावाद, कृपावाद र गुटबन्दीलाई बढावा दिनेहरु हुन् र तिनीहरु अरुको उपस्थिती स्वकार्न तयार छैनन्, ’ उनको आरोप छ ।

हामी Nepotism(Groupism, favouritism) बिरूद्ध आवाज उठाउँदैछौं मतलव यो होइन कि हामी कामका लागि याचना गरिरहेका छौं ,कामको…

Gepostet von Dikpal Karki am Mittwoch, 17. Juni 2020

नातावाद नभएको दाबी गरिरहेका केही पत्रकारलाई उनको आरोप छ, ‘केही थोरै पत्रकार छन् जसले नेपोटिज्म छैन भनेर दाबी गरिरहेका ति साथीहरुले लालमोहन बना’को, भात खा’को, रोटी खा’को न्यूज बनाउनुहुन्छ । तर, याद राख्नुुस् हामी यहाँ हाम्रो बाबुु, आमा, काका, काकीको कारण र कसैको दयाले आएका छैनौँ । हामीले यहाँ कसरी टिक्ने भनेर बाँच्ने कला आफै सिक्यौँ । ’

त्यस्तै अभिनेत्री नीता ढुुंगानाले नेपाली फिल्म क्षेत्र ग्रुपिज्मले चलेको भनेर लेखेकी छिन् । ‘नेपोटिज्म भन्दा पनि ग्रुपिज्मले चलेको हाम्रो नेपाली फिल्म क्षेत्र । जसलाई जे सजिलो लाग्छ, त्यही गरिन्छ । सबैलाई शुभकामना’, उनले लेखेकी छिन् ।

Nepotism bhanda pani Groupism le chaleko hamro Nepali Film industry ? j sajilo lagcha tei garincha Sabai lai suvakamana?

Gepostet von Neeta Dhungana am Dienstag, 16. Juni 2020

निर्देशक मिलन चाम्सले यहाँ ग्रुपिज्म र खुुट्टा तान्ने प्रवृत्ति व्यापक रहेको टिप्पणी गरेका छन् । ‘यहाँ कुरा काट्ने, चरित्र हत्या गर्ने त कती हो कति । इन्डस्ट्रीको लागि लड्दा, आफ्नै कलाकारको लागि भिड्दा डरले थुरथुर भएर दुलो भित्र बस्ने पनि यहीँ छन् । अन्नदातालाई मान्छे नगन्ने पनि छन् । पहिला इन्डस्ट्रीको लागी सोचौं, अनि मात्र आफ्नो लागी । अब त मिलेर जाऊ,’ उनले थप लेखेका छन् ।

ग्रुपिजम पनी छ्, खुट्टा तान्ने पनी छ्, कुरा काट्ने चरित्र हत्या गर्ने त कती हो कति, इन्डस्ट्रीको लागी लड्दा, आफ्नै…

Gepostet von Milan Chamling Rai Milan Chams am Mittwoch, 17. Juni 2020