कतिचूप रहने , कति सहने : अभिनेत्री पुजा

अभिनेत्री पुजा शर्माले प्राइम टेलिभिजनलाई दिएको एक अन्तरवार्ताले चौतर्फी आलोचित बनिन् । उनले नेपालमा कतिवटा जिल्ला छन् भन्ने प्रश्न र कतिवटा प्रदेश छन् भन्ने कुरामा पनि हेक्का नराखेकी पुजाले दर्शकबाट नराम्ररी ट्रोल र आलोचितको शिकार बन्न पुगिन ।

देशको बारेमा थोरै कुरा नजान्ने अभिनेत्री पुजा भन्दै ट्रोल बनेपछि आफु मानसिक तनावमा परेको बताएकी छन् । हालै एक स्टाटस लेख्दै प्राइम टेलिभिजन  अन्तरवार्तामा के भएको थियो भन्ने बारेमा आज एक स्टाटस लेख्दै आफ्नो भनाई राखेकी छन् । त्यो अन्तरवार्ताको समयमा आफुलाई सामान्य ज्ञानसँग सम्बन्धित प्रश्न गरिने भन्ने रहेको र त्यो अनुसारको उत्तर दिएको तर्क दिएकी छन् ।

उनले अन्तरवार्ता चल्दा चल्दै आफुले पत्रकार प्रकाश सुबेदीलाई आफुले राम्रो बोल्न जानिन अन्तरवार्ता काटेर प्रसारण गर्न  भनिएको भन्दै स्टाटस लेखेकी छन् । तर त्यो प्रकाश सुवेदीले नमानेको उनको गुनासो छ । उनले आफुले बोलेको कुरा प्रसारण भएर भाइरल भएको र ट्रोल सिकार बन्न पुगेको बताएकी छन् । त्यो आफ्नै गल्ती भएको र चुपचाप बसेको बताएकी छन् ।

अहिले रजटपट अंकल एपिवान टेलिभिजनमा गएर फेरि अन्तरवार्ताका लागि आउन आग्रह गरेको बताएकी छन् । पहिलाको अन्तरवार्ताले भाइरल भएपछि आफु तनाव झेलिरहेको र फेरि त्यो गल्ती नदोर्याउने बताएकी छन् । फेरि बोलाएको कार्यक्रममा आफुलाई लक्षित गरेर ‘दारा निस्केको, महानायिका ’ भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर आफ्नो मानहानी गरेको उनको आरोप छ ।