आफ्नो गल्ती स्वीकार गर्दै प्रकाश सुवेदीले मागे माफी

पत्रकार प्रकाश सुवेदीले आफ्नो गल्ती भएको भन्दै माफी मागेका छन् । उनले आफुले दारा भन्ने शब्द बोल्नु नहुने थियो , जुन मेरो मुखबाट फुस्किएको र आइन्दा यस्तो नहुने भन्दै माफी मागेका हुन् । उनले चलचित्र क्षेत्र आफ्नो परिवार भएको र यसलाई सधैँ माया गर्ने पनि बताए ।
अभिनेत्री पुजा शर्माले आज चलचित्र कलाकारसंघ , पत्रकारसंघ लगायतमा उनी विरुद्ध उजुरी हालेपछि उनले माफी मागेका हुन् ।

आफुले नेश्नल टेलिभिजनमार्फत यस्तो अनर्थ शब्द उच्चारण गर्नु हुँदैन थियो , उच्चारण भएको भन्दै माफी मागेका छन् । उनले आफुले बोलेको कुराका माफी एक पटक मात्र होइन, हजार पटक माग्ने भिडियो मार्फत भनेका छन् । उनले सय चोटी माफी माग्दा पनि चित्त बुझ्दैन भने लाख पटक माफी माग्छु भनेका छन् । आफुबाट गल्ती भएको र यस विषयमा आफु चुकेको समेत बताएका छन् । तर उनले बिहिबार रजतपटमा बोलेको शब्द कसै प्रति लक्षित नभएको बताएका छन् । नेपाली चलचित्रमा बढि बोलिने , सुनिने भएकाले होला मैले बोल्न पुगेको उनको भनाई छ ।

पत्रकार सुवेदीले भने, ‘चलचित्र कर्मी भएर त मैले कार्यक्रम चलाउन पाएको छु । प्रभावित भन्ने शब्द हुन्छ नि हो , त्यहि प्रभावित शब्दमा परेको हुन सक्छु म । तर एउटा कुरा नी , मैले भुलवस बोलको शब्ले जुन रेन्स्पोन्ज आयो त्यसले मलाई बढो गम्भिर बनायो । ’आफुले दुइ दशक अगाडीकी अभिनेत्रीले अझैँ उस्तै उर्जावान छिन् भन्दा कसैको ध्यान नगएकोमा दुःख व्यत्त गरे । सोही कार्यक्रममा निर्मातालाई परेको पिणाको छिनोफानो गर्दाको रिपोर्ट कसैले वास्ता नगरेको उनको गुनासो छ ।

उनले भने,‘ प्रकाश सपुत ,केकी अधिकारी,देवी घर्ती चलेको नारी मर्म बारेको गीत कभरेज गरेको थिए । गीतको बारेमा लामै रिपोर्ट बनाएको थिए र मनै देखि प्रशंषा गर्दा कसैको ध्यान गएनछ । तर मैले बोलको एउटा शब्दमा मात्र चित्त नबुझेको रहेछ ।’

आफुलाई जतिले आफ्ना विचारहरु राख्नुभएको छ । ति सबै आफ्ना लागि आशिर्वाद भएको र आफुलाई सच्याउँने मौका दिएकोमा धन्यबाद पनि दिएका छन् । जिउँदो हुँदा हुदै आफुले श्रदान्जली हेर्न पाएकोमा गौरव लागेको बताए । जहाँ जहाँ मेरो कमजोरी देख्नुहुन्छ त्यहाँ त्यहाँ आफुलाई सचेत गराइदिनु अनुरोध गरेका छन् ।