धानबारीमा रमाउँदै अमृत गुरुङ

नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ अहिले आफ्नो गाउँ पुम्दिभुम्दीको पाखामा रमाइरहेका छन् । चैत ११ गते देशभर लागेको लकडाउनका कारण सबैतिरका कार्यक्रम स्थगित भएपछि उनी आफ्नै जन्मथलो पुगेका हुन् ।

असारमा धान रोपेका अमृत अहिले गोडमेल देखि मल बिउ हाल्ने काम गरिरहेका छन् । नेपाली मौलिकतालाई घन्काउने नेपथ्यका स्टार गाउँमा किसानी जीवनमा रमाइरहेका छन् । उनले बेला बेलामा आफुले काम गरेको तस्विरहरु सामाजिक सञ्जालमा मार्फत पोट्स्याई रहेका हुन्छन् ।
उनको दैनिकी अहिले खेतमा जाने पानी लगाउने धान गोड्ेनमा नै बितेको छ । खेतमा माथी लागेको इन्द्रेणी हेर्दै उनले लेखेका छन् ,‘ असारमा रोपेको धान, महीना दिनमै यस्तो देखियो । प्रकृतिलाई के को लकडाउन ।’