फिल्मभित्रको झगडा फिल्म भित्रै मिलाउन निर्देशक नेपालको आग्रह

निर्देशक नवल नेपाल समसायिक घटनाक्रमलाई बेला बखत साहित्यक तरिकाले ब्यङ्ग्य गर्न सिपालु छन् । साहित्यिक भाषामा कसैलाई नबिझाउने तरिकाले आफ्ना भावना राख्न सिपालु निर्देशक नवल नेपाल बेलाबखत चोटिलो भनाई सामाजिक सञ्जालमा राख्दै आइरहेका छन् ।

कोरोना महामारीमा फिल्मीकर्मीबीचको आरोप पत्यारोपले नवललाई निकै चिन्तित बनाएको छ । पछिल्लो समय फिल्म क्षेत्रमा देखिएको अराजकताले समाजलाई कता लैजाने हो भन्ने चिन्तामा छन् नेपाल । फिल्मकर्मीको पछिल्लो गतिविधीलाई आम मानिसहरुले फिल्मकर्मीलाई कसरी वुझ्ने हुन् भन्ने झन् ठुलो चिन्ता उनमा छ ।

फिल्मकर्मीको लकडाउनको अवधिमा भएको गतिविधिलाई नियाली रहेका नेपाल लेख्छन्,‘५ महिना भयो, कोभिड १९ ले हामीलाई लपेटेको । यो अवधिमा विभिन्न आरोह र अवरोह आए । सकारात्मक र नकारात्मक दुबै पाटो देखिए । चलचित्र क्षेत्र पनि पनि अछुतो रहने कुरै भएन । यो अवधीमा हामीले समाजमा कस्तो समाचार सम्प्रेषण गर्न प्रेरित गर्यौं ? कती सम्यमित भयौं ? कती आवेगमा आयौं ? आचारसंहिता र गोपनियताको पाना कती पल्टायौं ?’

उनले फिल्मकर्मीलाई सोधेका छन्,‘ आम चिन्तकहरुलाई हामी कस्तो लतमा लैजादैछौ ? कस्तो संस्कार बसाउदैछौ ? समाज भत्कने प्रमुख कारक हामी हुन नपरोस । भावी पिढीको औला पहिला हामी तिर नउठोस ।’

उनले भोलीका पिढीले आफुमाथी औला उठाउने ठाउँ नबनाउन पनि आग्रह गरेका छन् । हामीले प्रयोग गर्ने सामाजिक संजाल मार्फत समाज र देशलाई सकरात्मक सन्देश दिन पनि उनले सबैसँग अपिल पनि गरेका छन् । फिल्मभित्रको झगडा फिल्म भित्र नै मिलाउन र आफ्नो दायित्व पुरा गर्न अनुरोध समेत गरेका छन् ।