गायक अमृत क्षेत्रीको साँगितिक उडान

गायक अमृत क्षेत्री र गायिका मेलिना राइको आवाजमा समावेश ‘जहाजै चढेर’ गीत सार्वजनिकसँगै अहिले चर्चामा छ । गायक अमृत २०५७ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका छन् । लामो समय गायनमा लागेता पनि ओझेलमा परेका गायक हुन् । हालसम्म उनले दुइ सय हाराहारी गीत गाइसकेका छन् । उनका थुप्रै गीतहरु चर्चामा पनि छन् तर धेरै स्रोताले गीत सुने पनि गायक अमृतलाई भने चिन्दैनन् ।

सदाबहार गीत बजारमा ल्याउने कोसिस गरेकाले आफु ओझेल परेको होकी भन्ने उनको भनाई छ । आफुले गाएका गीत भाइरल नभएपनि दर्शकमाझ परिचित बनाउन सकिएकोमा सन्तुष्ट रहेको अमृतले बताए । हालै बजारमा आएको उनको गीत ‘जहाजै चढेर’ अहिले दर्शक स्रोतामाझ चर्चामा छ । गीतको भावमा उनले लकडाउनको समयमा परदेशमा रहेका नेपाली र नेपालमा रहेका आफन्तबीचको भेटभाट नहुँदाको पिडालाई प्रस्तुत गरिएको छ ।

उनले भने, ‘कोरोना महामारीकाबीच परदेशमा रहेका नेपालीले आफन्त भेट्न नपाएको पिडालाई गीत माफृत प्रस्तुत गरेको हुँ । यो समयमा आफन्तको धेरै याद आउने हुँदा आफुले गीत मार्फत सन्देश दिन खोजेको हो । किनभने म आफैँ पनि आर्मी पृष्ठभूमी भएको परिवारबाट आएको हुँ । ब्रिटिष्स आर्मी र भारतिय आर्मीमा कार्यरत हुनुहुन्छ । त्यसैलाई आधार मानेर गीत तयार पारेको हो । जुुन अहिले राम्रै भइरहेको छ । ’
उनले पछिल्लो समय चलेको भाइरल भएका गीतलाई खासै मन बुझाएका रहेनछन् । उनी भन्छन्,‘भाइरल गीत भन्दा पनि लामो समयसम्म चलिरहने गीत बजारमा ल्याउनुपर्छ । आज गीत बजारमा ल्यायो हा हा र हो हो गर्यो । त्यसपछि छैन । त्यस कारण राम्रो गीत तयार पारेको खण्डमा भोलीका पुस्ताले सम्झिनेछन् । ’

हालै बजारमा आएको गीत ‘जहाजै चढेर ’ सदाबहार चल्ने अमृतको भनाई छ । परदेशमा रहेका नेपालीको भावनामा तयार पािरएको गीतलाई परदेशीले सम्झिने छन् ,अमृतले भने । ’  उनले अहिले बनेको गीतको भिडियो राम्रो बनेको बताएका छन् । गीतमा दयाहाङ राई र केनिपा सिंहको अभिनय मन परेको र गीत अनुसार भिडियो बनेको भन्दै सन्तुष्ट देखिएका छन् । यस गीतमा गायक क्षेत्रीका अलवा मेलिना राईको स्वर सुन्न सकिन्छ ।

उनले २०५९ सालमा मुम्बई हानिएका अमृतले त्यहाँ संगीतको क्लास लिए । त्यहाँ उनले झन्डै ५ बर्षसम्म उनले गायन सिके । त्यहाँ गायन सिकेर नेपाल आएपछि उनले २०६१ प्हिलो एल्वम ‘अराइभल’ निकालेका थिए । यसै एल्वमा समावेश ‘किन आएन जोगी ’ भन्ने गीत रहेको थियो । जुन त्यो बेला एकदमै हिट गीत रहेको थियो । जस गीतलाई सुरेश अधिकारीले संगीत गरेका थिए । त्यस्तै दोस्रो एल्वम ९समवान० २०६४ सालमा बजारमा लिएर आएका थिए । उनको अर्का चर्चित गीत थियो ,‘जे गरे नी जसो गरे नी चल्न नेपालमा ’। ज्सले पनि अमृतलाई धेरैले चिन्ने मौका पाएका थिए ।

गायक ,संगीकार तथा गीतका रुपमा आफुलाई परिचित बनाएका अमृत क्षेत्रीको यतिले मात्रै परिचय सकिदैँन । उनले ललितपुर झम्सिखेलमा सुरशाला म्युजिक एकेडेमी खोलेका छन् । यसैमा सुरशालमा फाउण्डेशन गरि दुइवटा सस्था रहेका छन् । उनले यो संस्था खोलेको पनि लामै समय भइसक्यो । यही गायन स्कुल तथा फाउण्डेशनबाट बालबालिकालाई गायक प्रशिक्षण लिदैँ आएका छन् ।

नेपालमा पहिलो पटक बालगायन प्रतियोगीता भनेर यहि सुरशालाले आयोजना गरेको थियो । यस प्रतियोगिताबाट आयुश केसी र प्रितम आचार्य चर्चा आएका थिए । सुरशालाबाट अमृतले नै सिकाएका आयुष केसी ,प्रितम आचार्य,प्रेम परियार थुप्रै बालकलाकार रहेका छन् । बालबालिका मात्र नभएर ठुला गायक गायिकालाई गायन सिकाएका छन् । भारतिय लियालिटी शो ‘सा गे ग म ’ मा प्रितम आचार्य र आयुश केसी तेस्रो र चौथो भए ।