फिल्म उद्योगका ७ संस्थाको गलत गोलचक्कर

गोलचक्कर लगाउने कि गोल हान्ने । समयले गोल खोजेको हो । फिल्म उद्योगका मानिसहरुबाट यो समयले गोल कसरी हान्छन् भनेर हेरेको छ । तर, फिल्म उद्योगमा मानिस गोलचक्करमा लागेका छन् । कलाकारको गोलचक्कर, निर्देशक, निर्माता, हल संचालक, वितरक, प्राविधिक सबैको गोलचक्कर । गोलचक्करको आफ्नो तरिका छ ।

शुक्रबार बेलुकी फिल्म क्षेत्रमा रहेका ७ वटा संस्थाले एकजना पत्रकारलाई र उनको कार्यक्रमलाई बहिष्कार गर्ने भनेर विज्ञप्ती निकाले ।
अभिनेत्री पूजा शर्माले दिएको उजुरीपछि फिल्म उद्योगका ७ संस्थाको बैठक बस्यो, प्रकाशलाई बहिष्कार नै गर्ने हस्ताक्षर गरे ।
पूजालाई प्रकाशले माफी मागेको चित्त वुझेन, उनले अरु बाटो खोजेकी हुन् । प्रेस काउन्सिलले स्पष्टिकरण पनि सोधेको हो । यसमा ७ संस्थाले मध्यस्तकर्ता बनेर समाधानको बाटो खोज्लान् कि भन्ने लागेको थियो सबैलाई । तर, उनीहरुले टेलिभिजन कार्यक्रम बहिष्कार गर्ने, अरु फिल्मीकर्मीलाई पनि नजाउ, संस्थाको आचारसंहित पालना गर भनेका छन् ।

एउटा व्यक्तिका लागि ७ संस्थाको यो निर्णय सही छ त ? ७ वटा संस्थाले गर्ने निर्णय यस्तै बेतुकको हुन्छ कि के हो ? यो त संचारमाध्यम र फिल्मीकर्मीविचको जुहारी सुरु भए जस्तो भयो । भोली संचारमाध्यमले फिल्मको समाचार बहिष्कार गरे भने । फेसबुक र इन्स्टाग्राममा फोटो पोष्ट्याएर फिल्म चल्छ । कार्यक्रममा धेरै बुम नदेखेसम्म निन्द्रा नलाग्ने निर्माता, कलाकार अनी निदाउलान् त ? अहिलेको गोल के हो त ? कोभिडपछि उत्पन्न भएको परिस्थितीमा कसरी जुध्ने भनेर बहस गरेका खै । फिल्म क्षेत्र त अब ठडिने नै कसरी हो । निर्माताले हलबाट पैसा नपाएको गुनासो गर्दा कोही नबोल्ने ।

सधै वितरक, निर्माता, प्रदर्शकको झगडा पर्दा कुनै संस्था नबोल्ने । अहिले एउटा संचारकर्मी जसले लाखौ पटक हात जोडेर माफी मागिसक्दा पनि पछि लाग्ने । संकार कस्तो विकास गर्न खोजिएको हो यहाँ । यसले भोलीको पत्रकारिता र फिल्म उद्योगविचको सम्बन्धलाई कता लैजान्छ भनेर सोच्न पर्दैन । बार्ताबाट समस्याको समाधान हुन्छ भने यो रोइलो किन होला । लकडाउनमा दर्शकले फिल्मकर्मीको हरिविजोग देखिसके । दर्शकमा रहेको सम्मानको भावना सकिन लागिसक्यो । अझ, यस्ता क्रियाकलापले अब दर्शकले फिल्म क्षेत्रलाई सम्मानित रुपमा हेर्लान् कि नहेर्लान् ? पिर गर्न आवश्यक छैन ।