रजतपट बहिस्कारको विषयलाई लिएर चलचित्र निर्माता संघमा मतभेद

रजतपट कार्यक्रम प्रस्तोताले अभिनेत्री लक्षित बोलेको दारा भन्ने शब्दे उग्ररुप लिएको छ । यस विषयलाई लिएर चलचित्रमा सात संघसंस्थाले विरोध स्वरुप उनको कार्यक्रम बहिस्कार गराउने भन्दै हस्ताक्षर गरे । यस विषयलाई लिएर अहिले बहिस्कार गर्ने र नगर्ने कलाकारबीच मतभेद देखिएको छ ।

निर्मातासंघमा पनि यसको चर्को बिरोध हुन थालेको छ । चलचित्र निर्माता संघको तर्फबाट अध्यक्षले हस्ताक्षर गरेपछि यसमा महासचिव रोज राणाले यसको विरोध गर्दै असहमती जनाए छन् । उनले, प्रकाश सुवेदीले टेलिभिजनबाट बोलेको कुरा पत्रकारिता आचारसंहिता विपरीत भएको हो प्रकाशले माफी मागिसकेको अवस्थामा विभिन्न संस्थाहरुले कार्यक्रमलाई नै बहिष्कार गर्नुपर्ने अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले एक आफ्नो धारणा सार्वजनिक गर्दै चलचित्र निर्माता संघको तर्फबाट अध्यक्षले गरेको हस्ताक्षर संस्थाको नभई व्यक्तिको धारणा भएको बताएका छन् । महासचिव रोज राणाको समर्थन गर्दै सदस्य अर्जुन कुमारले अध्यक्षको हस्ताक्षरमा आफ्नो समर्थन नरहेको बताए ।