कलाकारको रेडिमेट जवाफ, अफर आएपनि स्क्रिप्ट मन परेन


नेपालमा फिल्म छान्न जान्ने कलाकार को हो । कसले जानेको छ फिल्म छान्न । फिल्म छानेर खेल्ने कलाकारको नाम भन्न कसले सक्छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले छानेको उत्कृष्ट कथा कुन थियो, रातो टिका निधारमा । उनले भनेको कुरा हो यो । भयो के त यो स्क्रिप्ट को । फिल्मको कथा मन पराए त दर्शकले । फिल्म फ्लप भयो । साम्राज्ञीले रोजेको उत्कृष्ट स्क्रिप्ट किन विग्रिएको यसरी ।

फिल्ममा काम पाइरहेका कलाकार भए पनि भयो, फिल्ममा काम नपाएर थन्किएका कलाकार भए पनि भयो । काम नगर्ने फिल्ममा । सोध्ने हो भने आउँछ एउटा जवाफ, अफर त आएको छ स्क्रिप्ट चित्त वुझेन ।

चाहिएको कस्तो स्क्रिप्ट हो नेपालका कलाकारलाई । अफर नआए त आए न भन्दिए हुने होला । किन, अफर नआए पनि अफर आएको छ मलाई कथा मन परेको छैन भनेर भन्नु ।

फिल्म फ्लप भएर फिल्म बनाउने मान्छेले नपत्याएका फ्लप कलाकारको कुरा पनि यही हो नी ।

भनिदिने सोही, अफर आओस् नआओस् स्क्रिप्ट चित्त वुझेन भन्दियो सक्कियो । पछि, उनै कलाकारको फिल्म हेर्यो भने हरिविजोग लाग्छ । उत्कृष्ट स्क्रिप्ट लागेर गरेको फिल्मको हरिविजोग ।

लकडाउनपछि कलाकारमा कती जना हात छोएर बस्नुपर्नेछ । कती जना बीजी हुने छन् । जसलाई सोधेपनि हुन्छ अहिले । कसैले फिल्मको अफर आएन भन्दैन । ६ वटा स्क्रिप्ट अफर नआएका कलाकार नै छैनन् । लकडाउनपछि कती जना व्यस्त हुने हुन् हेर्न पाइन्छ ।

राम्रो फिल्म गरिरहेका कलाकारको कुरा त पत्याउन सकिएला । काम नपाएर बसेका कलाकार पनि स्क्रिप्ट चित्त नवुझेको कुरा गर्दा पचाउने कसरी ।