जीवनकाल कै खल्लो दसैं भो : बद्रि पंगेनी

नेपाली लोक संगीतमा लोकप्रिय गायक हुन् बद्रि पंगेनी । उनका ‘ससुराली , मन थिएन जोगी बन्नलाई , लाउ लाउ चेली सिन्दुर लाउ , जस्ता गीत कणप्रिय छन् । उनले आफ्नो दसैंको अनुभव बारे मेरोफिल्मसँग यसरी साटे ।

गायक बद्रि पंगेनीको यो साल दसैं छैन । उनको बुवाको निधन भएको कारण उनले यो सालको दसैं मान्न पाएनन् । दसैंको समयमा सधैं आफ्नै घर पाल्पाको रामकोट जाने गरेका पगेनी ,यो सालको दसैं साथीहरुसँग बसेर बिताइरहेको बताए । दसैं मनाउन नपाए पनि साथीभाइसँग भेटघाट गर्दै दसैंको शुभकामना दिदै यो सालको दसैं मनाइरहेको मेरो फिल्म डट कमलाई सुनाए । उनले भने, ‘ यो साल मेरो बुवा खस्नु भएको कारण दसैं मान्ने कुरा भएन तर सामाजिक सञ्जालमार्फ दसैंको शुभकामना दिइरहेको छु भने लिइ पनि रहेको छु ।’
धेरै जसको दसैं बाल्यकालमा नै हुने गरेको बताउँछन् । यता गायक पगेनीलाई पनि त्यो बाल्यकालको दसैं खुव मिस गरेको बताए । ‘दसैं रमाइलो त बाल्यकालमा नै रहेको थियो । त्यो बेला पिङ खेल्ने , साथीभाई भेटभाट गर्ने चङ्गा उडाउने , साथीभाई जम्मा हुने ,बच्चा बेलाको दसैं , दसैं नै थियो । पछि पछि जिम्बेवारीले पनि थिचेर होला बाल्यकालको जस्तो रमाइलो छैन , पगेनीले भने ।

उनले बर्षेनी दसैं गाउँघरमा नै बनाउन पुगेता पनि केहि बर्ष उनले परदेशमै मनाएका छन् । दुइ दिन बर्ष अगाडी अमेरिका , दुवै लगायत केहि देशमा कार्यक्रमको शिलशिलामा नेपाल आइपुगेनन् । उनले उतै रहेका नेपालीदाजुभाईसँग दसैं मनाएका छन् । उनले परदेशमा मनाएको दसैंका बारेमा भने ,‘ आफुलाई नेपालको दसैं सम्झेर बसेता पनि उताको रहनु भएका नेपालीलाई गीत गाएर मनोरञ्जन दिएर पाएको खुसी पनि कम छैन । म एउटाले धेरै नेपालीको अनुहार उज्यालो पारेर रमाइलो गराउँदा , आफु त्यसै खुसी भएको महसुस गरे । मैले दसैंको टीको दिन भन्ने नै भुले ।’