‘भगवत् गीता’मा सौगातसँग कुरा, विपिन कार्की फाइनल


नायिका सुहाना थापा र नायक धिरज मगरको मुख्य भूमिका रहने फिल्म ‘भगवत् गीता’मा नायक विपिन कार्कीको प्रवेश भएको छ ।  विपिनले निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापासँग कागजी संझौता गरेका छन् । 

यो फिल्मका लागि नायक सौगात मल्लसँग फाइनल कुरा भैसकेको थियो । तर, सौगातले समय नभ्याउने भएपछि निर्माणपक्षले विपिनसँग कुरा अगाडि बढाएको थियो । विपिनले फिल्म ‘प्रसाद २’को छायांकन सकेलगतै यो फिल्मका लागि संझौता गरेका हुन् । 

यो फिल्मको छायांकन माघको २० गतेबाट सुरु गर्ने योजना निर्माताको छ । फिल्ममा अब धिरज मगर, सुहाना थापा र विपिन कार्की पक्का भएका छन् ।