‘छड्के २’ टिजरः ‘मेनडग’ बनेका अनमोलको ग्याङस्टार अवतार


नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ फागुणको १९ गतेबाट रिलिज हुँदैछ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा नायक अनमोल केसी ग्याङस्टार अवतारमा देखिएका छन् । फिल्ममा अनमोल ‘मेनडग’ नामक पात्रको भूमिकामा छन् । उनको, ग्याङस्टार अवतारले दर्शकको मन जित्न सक्छ । 

फिल्ममा अनमोलसँगै रोबिन तामाङ, कमलमणी नेपाल, देवकुमार श्रेष्ठ, श्रृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर लगायतका कलाकारको अभिनय छ । 

प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानीमा तयार भएको फिल्ममा राजकुमार उप्रेतीको एक्सन निर्देृशन, मास्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन छ । 

फिल्मको कार्यकारी निर्मातामा निर्भाना स्कुल र लक्ष्मण काफ्ले छन् । सधै चकलेटी अवतारमा देखिदै आएका अनमोलको यो भिन्न रुपले दर्शकको साथ पाउने संभावना छ । तर, यो फिल्मलाई विशेषगरि यूवा पुस्ताका दर्शकले बढी मन पराउनेछन् ।