आफ्नो फिल्म हेरेर आफै रोए प्रियंका र शिल्पा


हुनत, आफ्नो फिल्म हेरेर कलाकार यदि आफै रोए भने आम दर्शकहरु यसलाई ट्रोल बनाउँछन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा नायिका पूजा शर्मा रुदा धेरैले यसलाई फिल्म चलाउने फन्डाको रुपमा वुझे । 

यदि, कलाकार फिल्मको कार्यक्रममा रोए भने फिल्मलाई फाइदा हुन्छ भनेर धेरैले वुझ्छन् । तर, एउटा कलाकार रुँदा अर्कोले मजाक बनाउने शैली भने नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । 

आजबाट रिलिजमा आएको फिल्म ‘फूलबारी’को प्रिमियरमा यसका मुख्य २ नायिका प्रियंका कार्की र शिल्पा मास्के मिडियाको क्यामेरा अगाडि नै रोए । रोचक कुरा त के थियो भने, प्रश्न सोध्न माइक समातेका पत्रकार समेत रुदै प्रश्न सोधिरहेका थिए । 

खैर, जेहोस् प्रियंकाले आफ्नो घरको समेत कथा रहेको भन्दै आशु झरेको तर्क गरिन् । उनी, आशु पुछ्दै बोलिरहेकी थिइन् । प्रियंकासँगै अर्की नायिका शिल्पा मास्केको आँखा पनि रसाए । उनी पनि रुदै बोलिरहेकी थिइन् । फिल्मको कथावस्तु र भावनाले छोएको उनीहरुको भनाई थियो । 

फिल्म छोएपछि आँखाबाट आशु झर्नु स्वभाविक नै हो । तर, धेरैले यसलाई कलाकारको फन्डाको रुपमा वुझ्ने गर्छन् । 

कतिपयले सामाजिक संजालमा प्रतिक्रिया दिदै प्रियंकाले मिडियाको अगाडि रुदै गरेको अभिनय पर्दामा पनि गरिदिने हो भने कति राम्रो हुन्थ्यो भन्दै ट्रोल समेत बनाएका छन् । तर, फिल्मले छोएपछि आँखाबाट आशु झर्नु स्वभाविक नै मान्न सकिन्छ ।