जिल्ला अदालतले गर्यो शिल्पाको पक्षमा फैसला, छविले आधा सम्पत्ती दिनुपर्ने


जिल्ला अदालत, काठमाडौंले नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको मुद्दामा फैसला गरेको छ । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो सम्पत्तीको आधा हिस्सा दिनुपर्ने फैसला सुनाएको छ । योसँगै उनीहरुबिच कानुनी रुपमा डिभोर्स पनि भएको छ । 

शिल्पाले छविसँग सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । अब छविले शिल्पालाई आधा सम्पत्ती दिनुपर्नेछ भने छविसँग हुँदा लागेको ऋणको आधा हिस्सा पनि शिल्पाले व्यहोर्नुपर्नेछ । 

छविको सम्पत्ती र ऋणको पनि सबै लेखाजोखा भैसकेको छ । छविले अदालतसमक्ष २० करोड भन्दा बढी ऋण देखाएका छन् । छविको आधा सम्पत्तीबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउनेछिन् । 

यस्तै, अदालतले छविकी जेठी श्रीमतीले हालेको बहुबिबाहको मुद्दा समेत खारेज गरिदिएको छ । जेठी श्रीमतीसँग पहिले नै सम्बन्ध विच्छेद भएको भन्दै अदालतले मुद्दा खारेज गरिदिएको हो । 

जिल्लामा मुद्दा हारेपछि छविराज ओझा उच्च अदालत जाने तयारीमा छन् । शिल्पाले भने सामाजिक संजालबाट खुशी व्यक्त गरेकी छिन् ।