अरुण र शुभेक्षाको होली (तस्बिरसहित)

अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री स्टारर त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ आगामी चैत १७ अर्थात मार्च ३१ मा रिलिज हुँदैछ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको फिल्ममा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन छ ।
भोलि सोमबार परेको फागु पूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै फिल्मका प्रमुख दुई कलाकार अरुण र शुभेक्षाले होली फोटोसुट गरेका छन् । तस्वीरमा रातो रंगमा अरुण र शुभेक्षाको जोडीलाई निकै सुहाएको छ । उनीहरुले विभिन्न पोजमा आकर्षक तस्वीर खिचाएका छन् ।
थापाथलीस्थित युएन पार्कमा खिचिएको तस्वीरमा दुवैलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ । निर्देशक भण्डारीले फिल्मको प्रमोसनमा होलीले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले फोटोसुट गरिएको बताए ।
काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।
फिल्म ‘प्रेमा’ गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(WICA)को डीओपी छ ।
फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

चुलबुले पूजा
_pmeOvxzmgm_iekxoofooiuz7d1mwbioyjlkhtcxonicdnsjkwczmrdfv4loqjpqc8jijf6h_LMTD8gCzAI_keozjl1vhax003dvrsgxpl1i29rbgsqbdh2ied8zymld8ocgv94kanu5uehm.jpg)
आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)
_BERoAEifJx_k7na7okdduy8zimyyy0rnuy65xdagr9quzbxx6awqxrv8ox1uyjei64hpp0l_UwvaQ5eY47_yoywnxgk6uhpmue3slmu3k1kpwmti1atqedfxjhe7yglzgcr4r5urmgca04v.jpg)
फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )

ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकील कार्यालय लगियो (फोटो फिच…

वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)

प्रतिक्रिया