तनाव कम लिनुहोस् भन्दै बोल्ड बनिन् आँचल

नायिका आँचल शर्माले सामाजिक संजालमा पोष्ट गर्ने तस्विरहरूले चर्चा पाइरहन्छन् । आँचल सामाजिक संजालमा बोल्ड तस्विर पोष्ट गरेर चर्चामा आउँछिन् । 

उनै, आँचलले मंगलबार सामाजिक संजालमा पोष्ट गरेको तस्विरमा उनी बोल्ड देखिएकी छिन् । आँचलले ४ तस्विर पोष्ट गर्दै लेखेकी छिन्–‘तनाव कम लिनुहोस् र आनन्द लिनुहोस् ।’

आँचलले आफ्नो सौन्दर्यताको राज कम तनाव पनि भएको संकेत गरेकी छिन् । आँचल आफ्नो करिअरलाई लिएर पनि निकै खुशी रहेको बुझ्न सकिन्छ । किनकी,  एकपछि अर्को आशातीत प्रोजेक्टमा जोडिएकी आँचल फिल्म क्षेत्रले रोजेको नायिकामा पर्छिन् । फिल्मको बक्स अफिस असफलताले उनलाई खासै फरक पारेको छैन । 


बेलाबखत आफ्नो बोलीका कारण विवादमा आएपनि आँचलले त्यसमा तनाव नलिएको बुझ्न सकिन्छ । 

कामको कुरा गर्नुपर्दा, आँचलले हालै मात्र फिल्म ‘डिग्री माइला’को छायांकन सकेकी छिन् । उनले ‘दुखी आत्मा, पिताम्बर’ लगायतका फिल्म साइन गरिसकेकी छिन् । यस्तै, उनी अब ‘एक मुठ्ठी बादल, राजमहल र बर एन्ड बधू’ छायाङ्कनको तयारीमा पनि छिन् ।