दुबइमा बोल्ड अदिती

नायिका अदिति वुढाथोकी दुबई पुगेर फेरि एकपटक बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । सामाजिक संजालमा उनले पोष्ट गरेको तस्विरमा विकिनी लगाएर अदितिले बोल्ड तस्विर खिचाएकी छिन् । 

फिल्म ‘बाबरी’मा गतबर्ष काम गरेपछि अदितिले नयाँ नेपाली फिल्म साइन गरेकी छैनन् । उनी, भारतको मुम्बईमा रहेर मोडलिङमा नै व्यस्त छिन् । 

उनले ‘कृ र बाबरी’ नामक दुई फिल्ममा मात्र काम गरेकी छिन् । उनले, केही भारतीय गीतका म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । 


अदितिले ‘बाबरी २’मा काम गर्न लागेको चर्चा पनि चलेको थियो । तर, यो फिल्म कहिले बन्छ टुंगो लागेको छैन । 

एउटा फिल्म खेलेपछि हराउने उनको बानीका कारणले गर्दा पनि दर्शकले उनलाई दिमागमा राख्न सकेका छैनन् । जसका कारण, अदिति फिल्म रिलिजको समयमा मात्र मिडियामा प्रस्तुत हुँदा दर्शकको ध्यान खिच्न असमर्थ छिन् ।