बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले मङसिरको २८ गते बिहे गर्ने तयारी गरेकी छिन् । आफ्ना प्रेमी सम्भव सिरोहियासँग उनले बिहे गर्ने तयारी गरेकी हुन् । हाल, उनको बिहेको तयारी धुमधामसँग चलिरहेको छ । 

यसैबिच, बिहेको केही दिन अगाडि उनलाई पूर्व मिस नेपालहरुले एकजुट भएर बधाई दिएका छन् । नगरकोटको एक रिसोर्टमा उनलाई बधाई दिनका लागि उषा खड्गी, प्रिया सिग्देल, जेनिशा मोक्तान, सदीक्षा श्रेष्ठ, नम्रता श्रेष्ठ, इभाना मानन्धर, मलिना जोशी लगायतका पूर्व मिस नेपालहरु उपस्थित थिए । 

पूर्व मिस नेपाल तथा नायिका मलिना जोशीले सामाजिक संजालमा तस्विर शेयर गर्दै श्रृङ्खलालाई बधाई दिएकी छिन् । तस्विरमा श्रृङ्खला निकै नै खुशी देखिएकी छिन् । 

केही बर्ष प्रेममा रहेपछि श्रृङ्खला र संभवले बिहे गर्ने निर्णय गरेका हुन् । श्रृङ्खलाले केही महिना अगाडि मात्र संभवसँगको प्रेम स्विकार गरेकी थिइन् । 

तस्वीर सौजन्यः मलिना जोशीको इन्स्टाग्रामबाट