लण्डनबाट सिद्धार्थको घोषणा

लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा भएको छ । यसअघि 'कैदीको पत्र' निर्देशन गरेका सनमकुमार बैरागले निर्देशन गर्ने यो फिल्म बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको छ ।
भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो फिल्म घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए । फिल्ममा नेपालबाट श्रीदेव र शारदाको साथमा दिनेश केसी र युकेबाट दिल घले र नबिन थापा निर्माता रहेका छन् ।
सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने यो फिल्मको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ भने अन्य कलाकारको छनोट बाँकी नै रहेको निर्माता बिएलले बताए ।
घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेशराज मोक्तान, फिल्म निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवानदास चौहान, प्राध्यापक रुपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

दशैं र तिहारः ठूलो हिन्दी फिल्म भर्सेस प्रतिक्षित नेपाली फिल्म

जो चले, टिमवर्कले चले

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

असोज २६ मा बासेन्जी

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

प्रतिक्रिया