भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

केही हप्ता अगाडि ‘११ औं नेफ्टा फिल्म अवार्ड’को उत्कृष्ट नव–नायिकाको सूचीमा नपरेपछि ‘कृष्णलीला’ डेब्यू नायिका श्रद्धा क्षेत्रीले चित्त दुखाइन् । नोमिनेशन सार्वजनिक कार्यक्रममा पुगेकी सारा उत्कृष्ट ५ भित्र पनि नपरेपछि उनले अवार्ड किन्न सकिने तर प्रतिष्ठा कमाउन पर्ने आशयको स्टाटस कोरिन् ।
गतबर्ष फिल्म ‘कृष्णलीला’बाट डेब्यू गरेकी यी नायिकाले दोश्रो फिल्म साइन गरेकी छैनन् । तर, उनले अभिनय गरेको ‘मेसो मिलाएर’ बोलको गीतको भिडियो युट्युबमा सुपरहिट भैरहेको छ । यसले उनलाई केही हदसम्म भएपनि राहात मिलेको छ ।
उनै, श्रद्धाले आइतबार बेलुकी आयोजना भएको ‘क्याप्टिभेटिङ क्रियटिभ अवार्ड’मा भने उत्कृष्ट नव–नायिकाको अवार्ड जितिन् । अवार्ड समारोहमा पुगेकी श्रद्धाले भारतीय कलाकारको हातबाट अवार्ड थापिन् । यसले भने उनलाई खुशी र राहत दुबै मिलेको छ ।
पहिलो पटक अवार्ड थापेकी श्रद्धाले सामाजिक संजालमा तस्वीर र भिडियो शेयर गर्दै खुशी व्यक्त गरेकी छिन् । नेपाली आयोजकले नपत्याएपनि उनलाई भारतीय अवार्ड आयोजकले पत्याएका छन् ।
श्रद्धाले आफूलाई एक्सन फिल्ममा काम गर्ने रहर रहेको बताउँदै आएकी छिन् । फिल्म ‘कृष्णलीला’को रिलिजको समयमा उनी र फिल्मका नायक पुष्प खड्काबिच प्रेम सम्बन्ध रहेको चर्चा थियो । अहिले भने उनको कलाकार राज कटुवालसँग प्रेमको चर्चा छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया