‘घर ज्वाइँ’ बन्दै दया, मिरुनासँग फेरी कस्सियो जोडी

अभिनेता दयाहाङ राई र मिरुनको जोडीले अर्को एक फिल्ममा पनि निरन्तरता पाउने पक्का भएको छ । 

नयाँ फिल्म ‘घर ज्वाइँ’मा यी दुई अनुबन्धित भयसँगै यो जोडीले फिल्मी पर्दामा पुन निरन्तरता पाउन लागेको हो । उनीहरूको जोडी फिल्मको पर्दामा पाँचाै पटक देखिन लागेको हो । दया र मिरुना अभिनीत कबड्डी ४ र जारी रिलिज भइसकेको छ भने नाङ्गो गाउँ भदौ २९ मा रिलिज हुँदैछ ।

यस्तै रङ्गेली ग्याङस्टर मा पनि यो जोडीले काम गर्दैछ । 

यो फिल्मलाई अनिल मगरले निर्देशन गर्नेछन् । जनकघर्ती मगर निमार्ता रहेको फिल्ममा दया र मिरुना बाहेक बुद्धि तामाङ र शिशिर वाङ्देल पनि फाइनल भइसकेका छन् । 

निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको संयुक्त लेखन रहेको फिल्म माघबाट फ्लोरमा जाने छ । रुकुममा छायांकन हुने फिल्मलाई रोहित–रत्नको आरआर फिल्म्सले गर्नेछ ।