‘गदर २’ ब्लकबस्टर, सनी देवलको घर लिलामिमा

बलिउड नायक सनी देवल अभिनित फिल्म ‘गदर २’ले बक्स अफिसमा हंगामा मच्चाइरहेको छ । फिल्मले आज ४ सय करोडको क्लबलाई छुने अपेक्षा गरिएको छ ।

फिल्मले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरिरहँदा नायक देवलको घर भने बैंकले लिलामिमा राखेको छ ।

‘द बैंक अफ बारोडा’ले सन्नीको घरलाई ५६ करोडमा लिलामिमा राखेको हो । जुहुमा रहेको बंगलाको नाम ‘सनी भिल्ला’ राखिएको छ । तर, यो भिल्ला खरिद गर्नका लागि सनीले लिएको ५६ करोड तिर्न नसकेपछि बैंकले लिलामिमा राखेको हो । अगष्टको २५ तारिखमा घर लिलामिमा राखिएको छ ।

फिल्म ‘गदर २’ ब्लकबस्टर भएपछि यो खबर पनि भाइरल भइरहेको छ । सनीले लामो समयदेखि बलिउडमा काम गर्न सकिरहेका थिएनन् । यसैले, उनी आर्थिक रुपमा पनि केही कमजोर बनेको भारतीय मिडियाले जनाएका छन् ।

तर, अब फिल्म ब्लकबस्टर भएपछि सनीले यो घरको ऋण तिर्न सक्ने अपेक्षा गरिएको छ ।