अक्षय र टाइगरको ‘बडे मिया छोटे मिया’ फ्लप

बलिउड नायकद्धय अक्षय कुमार र टाइगर श्राफका फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरिरहेका छन् । निरन्तर रुपमा यी कलाकारका फिल्मले बक्स अफिसमा कमजोर व्यापार गर्न थालेपछि, उनीहरुको स्टारडमको प्रश्न समेत उठ्न थालेको छ । 

अक्षय र टाइगरले अभिनय गरेको फिल्म ‘बडे मिया छोटे मिया’ पनि बक्स अफिसमा असफल भएको छ । यो फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गर्यो । फिल्मले पहिलो दिन १६ करोडको ओपनिङ गरेपनि यसपछि भने निरन्तर यसको व्यापार खस्कियो । 

फिल्मको व्यापार सोमबारबाट २ करोडमा झरेको छ । फिल्मले बक्स अफिसमा ५० करोड नेट कलेक्शन समेत गर्न सकेको छैन । विकेन्डमा फिल्मले करिब ४० करोडको व्यापार गर्यो । यसरीहेर्दा, यो फिल्मको लाइफ टाइम कलेक्शन ७० करोडको आसपासमा सीमित हुने देखिएको छ । 

अक्षय कुमार, टाइगर श्राफ, मानुसी छिल्लर जस्ता कलाकार भएको यो फिल्मलाई एक्सन जनरामा तयार पारिएको थियो । तर, दर्शकले फिल्मप्रति मन नै गरेनन् । यसले, अक्षय र टाइगरको करिअरमा ठूलो झट्का लागेको छ ।