छोरीको ‘किङ’मा डन बन्दै साहरुख खान

नायक साहरुख  खानले नयाँ फिल्म ‘किङ’को छायांकन जुन महिनाबाट सुरु गर्दैछन् । गतबर्ष ३ वटा सुपरहिट फिल्म दिएका साहरूखलाई दर्शकले यो बर्ष पर्दामा देख्न पाउने छैनन् । तर, अर्को बर्ष भने उनी सुजय घोषको फिल्ममा देखिदैछन् । यो फिल्मबाट साहरूखकी छोरी सुहाना खानले बलिउडमा डेब्यू गर्दैछिन् । 

यो फिल्ममा साहरुख खानले डनको भूमिकामा काम गर्दैछन् । ‘डन र डन २’मा निकै रुचाइएका साहरूखले ‘डन ३’मा काम गरेनन् । तर, उनी फिल्म ‘किङ’मा भने डनकै अवतारमा देखिदैछन् । यसले, उनका फ्यानहरुमा उत्साह थपिएको छ । 

यो फिल्मलाई २ सय करोडको बजेटमा बनाउने तयारी गरिएको छ । फिल्ममा साहरूखका थुप्रै एक्सनका दृश्यहरु समेत हेर्न पाइनेछ ।

फिल्मलाई साहरुख र सिद्धार्थ आनन्दले मिलेर बनाउँदैछन् । एक्सन दृश्यको सम्पूर्ण व्यवस्थापनको जिम्मा पनि सिद्धार्थले नै लिएका छन् । सिद्धार्थले गतबर्षको ब्लकबस्टर फिल्म ‘पठान’को निर्देशन गरेका थिए ।