११ दिनमै ‘जवान’को कमाई ८ सय ५० करोड

बलिउडका वादशाह साहरुख खानले यो बर्ष ब्लकबस्टर कमब्याक गरे । जनवनरी महिनामा रिलिज भएको फिल्म ‘पठान’ले बक्स अफिसमा तहल्का मच्चायो । बलिउडलाई नै कमब्याक गराएको फिल्मले विश्व बजारबाट १०५० करोडको व्यापार गर्यो ।
उनै, साहरुख अभिनित फिल्म ‘जवान’ सेप्टेम्बर ७ तारिखबाट विश्व बजारमा चलिरहेको छ । यो फिल्मले बक्स अफिसमा सबै रेकर्डलाई ध्वस्त बनाउँदै नयाँ रेकर्ड बनाइरहेको छ । यसैबिच, रिलिजको ११ औं दिनसम्म आइपुग्दा फिल्मले विश्व बजारबाट ८ सय ५८ करोडको ग्रस कलेक्शन गरेको छ । फिल्म केही दिनमै एक हजार करोड क्लबमा प्रवेश गर्ने पक्का छ ।
फिल्मले रिलिजको दोश्रो आइतबारसम्म भारतीय बक्स अफिसमा ४३० करोड कमाइसकेको छ । यस्तै, तामिल र तेलुगु भर्सनमा फिल्मले करिब ५० करोडको कमाई गरेको छ । भारतमा मात्र फिल्मको बक्स अफिस कलेक्शन ४८० करोड नेट छ ।
फिल्मले यो साता नै हिन्दी भर्सनमा मात्र ५ सय करोड कमाउने प्रक्षेपण गरिएको छ । फिल्मले बक्स अफिसमा ६ सय करोडको खाता खोल्ने अनुमान समेत गरिएको छ ।
एट्लीको निर्देशनमा तयार भएको यो फिल्ममा साहरुख खानको दोहोरो भूमिका छ । उनको साथमा फिल्ममा नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, संजय दत्त लगायतका कलाकारको अभिनय छ ।

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया