‘मायावी’पछि सूर्यको फिल्ममा पल शाह

नायक पल शाहले अभिनय गर्न लागेको फिल्म ‘मायावी’को छायांकन शुक्रवारदेखि सुरु हुँदै छ । मुस्ताङबाट सुरु हुन लागेको फिल्मको छायांकनका लागि पल उत्साहित छन् । किनकि, पललाई दर्शकले ठुलो पर्दामा देख्न पाएको २ वर्ष हुन लागिसकेको छ । यसैले, पल पनि चाँडो भन्दा चाँडो दर्शकमाझ आउन उत्सुक छन् । 

उनै, पल शाहले निर्देशक दिनेश राउतको फिल्ममा पनि काम गर्न लागेको चर्चा थियो । तर, तत्कालका लागि यो फिल्मको निर्माण पछि सरेको छ । यसैले, पल अन्य फिल्मको काममा लागेका छन् । 

बुझिएअनुसार, पल शाहले निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म पनि साइन गरेका छन् । नाम तय नगरिएको यो फिल्मको छायांकन लण्डनमा हुनेछ । फागुनबाट फिल्मको छायांकन हुने मेरो फिल्मलाई श्रोतले बताएको छ । 

यो विषयमा सूर्य बोहरा र पल शाहले केही पनि बोलेका छैनन् । तर, पल शाह ‘मायावी’ पछि यो फिल्मको तयारीमा लाग्नेछन् । सूर्य बोहराले ‘भैरे, हेल्लो जिन्दगी, श्री’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । 

पललाई दर्शकले लभ स्टोरी कथामा रुचाइरहेका छन् । ‘मायावी’ पनि लभ स्टोरी कथामा नै निर्माण हुन लागेको फिल्म हो ।