बक्स अफिसमा असफल बन्यो टाइगरको गणपत

बउिड फिल्म गणपत हिजोबाट रिलिज भएको छ । तर यो फिल्म रिलिज भएसँगै बक्स अफिसमा खासै धमाका मच्चाउन सकेको छैन । यो फिल्ममा टाइगर श्रौफ  फेरि एक्शन अवतारमा देखिएका छन् । यो फिल्ममा कृति सेनन र अमिताभ बच्चन पनि छन् । तर फिल्मको कहानी र अभिनयले दर्शकलाई हलसम्म डोर्‍याउन सकेको छैन । 

गणपतले पहिलो दिनमा २ करोड ५० लाख भारुको मात्रै व्यापार गरेको थियो । दोस्रो दिनबाट फिल्मको व्यापारमा झन गिरावट हुदै गइरहेको छ । शुक्रबार फिल्मको हिन्दी भर्जनको कुल अकुपेन्सी ९ दशमलव ७२ प्रतिशत मात्रै थियो । शनिबारको अकुपेन्सी घटेर ७ प्रतिशतमा झरेको छ ।  यो टाइगरको अहिलेसम्मकै कम ओपनिङ भएको फिल्म हो । 

यस अघि रिलिज भएको हिरोपन्थी–२ को पहिलो दिनको कमाई ६ अर्ब ५० करोड भारु थियो । बागी ३ को कमाई भने १७ करोड भारु थियो । टाइगरको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनर वार हो । ऋतिक रोशनको समेत भूमिका रहेको यो फिल्मले बक्स अफिसमा ५३ करोड ३५ लाख भारु कलेक्सन गरेको थियो ।

दर्शकले ‘गणपत’ हेर्नुको एउटै कारण थियो र त्यो थियो यसका निर्माता र निर्देशकले फिल्ममा आएका नयाँ प्रविधिको प्रयोग कसरी गर्ने ? काल्पनिक सहरको सृजना, धनी र गरिबबीचको गहिरो खाडल, शिव र गणेशका वैदिक भनाइ, थालपति र दलापतिबीचको भिन्नता बुझाउने कथा र नायकको यस्तो दर्शन, जसले नयाँ पुस्ताका दर्शकलाई मन पराउन सक्छन् । 

प्राविधिक रूपमा निकै कमजोर फिल्म ‘गणपत’को कथा यसरी बनाइएको छ कि कलाकारहरूले क्यामेराको अगाडि उभिएर लामो दृश्यमा बोल्न सक्छन् र अन्य कलाकारहरूलाई पछि खिचेर यी दृश्यहरू बीचमा घुसाउन सकिन्छ। मास्टर शटको आवश्यकता छैन, ओएस छैन, अक्ष परिवर्तन गर्न आवश्यक छैन र ड्रामा निर्माण गर्न जुम आउट गर्न आवश्यक पर्दैन।