सलमानको ‘टाइगर ३’लाई मिश्रित प्रतिक्रिया, साहरुखको केमियोको प्रशंसा

बलिउड नायक सलमान खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ आजबाट विश्वभर रिलिज भएको छ । यूएई र अमेरिकामा फिल्मको प्रिमियर शनिबार नै गरिएकाले पनि यो फिल्मको केही दृश्यहरु सामाजिक संजालमा लिक भैसकेका थिए ।
मनिष शर्माको निर्देशनमा तयार भएको यो फिल्मलाई समीक्षक र दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । केही समिक्षकले फिल्मलाई ४ रेटिङसम्म दिएपनि अधिकांशले यसलाई औषत फिल्म भनेका छन् ।
विशेषगरि, फिल्मको कथावस्तु, पटकथा र संवाद निकै नै फितलो रहेको प्रतिक्रिया दर्शकको छ । फिल्म हेरेर हलबाट निस्किएका अधिकांश दर्शकले यसपटक सलमान खानको ‘टाइगर ३’ हेर्दा मज्जा नआएको प्रतिक्रिया दिएका छन् ।
फिल्ममा नायक साहरुख खानको केमियो भूमिकाको चर्चा भैरहेको छ । टाइगरलाई बचाउनका लागि पर्दामा देखिने पठानको केमियो फिल्मको सर्वाधिक हाइलाइट दृश्य हो । फिल्मको क्लाइमेक्सको दृश्यले पनि दर्शकलाई केही हदसम्म छोएको छ ।
साहरुख खानसँग फिल्म ‘फ्यान’ बनाएर असफल भैसकेका निर्देशक मनिष शर्माले यसपटक एउटा हिट सिरिजलाई कमजोर बनाएका छन् ।
जसकाकारण, तिहारको समयमा बक्स अफिसमा सलमान खान धमाका गर्नबाट चुक्ने देखिएको छ ।
फिल्ममा कट्रिना कैफ, इमरान हाश्मीको पनि मुख्य भूमिका छ । तर, यी दुबैको भूमिका पनि सामान्य छ । इमरानलाई टाइगरसँग टक्कर लिन सक्ने भिलेनको रुपमा प्रस्तुत गर्न निर्देशक चुकेका छन् ।
यो फिल्म रिलिज अगाडि बक्स अफिसमा ५ सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको थियो । तर, अब फिल्मले यो आँकडा पार गर्न सक्छ या सक्दैन, धेरैका लागि प्रतिक्षाको बिषय बनेको छ ।

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया