प्रियंकाले गरिने ‘उप्स’को उद्घाटन

नायिका प्रियंका कार्कीले काठमाडौंको धुम्बाराहीमा सुरु भएको ‘उप्स’ पार्कको उद्घाटन गरेकी छिन् । नेपालकै पहिलो पारिवारिक पार्कको सुरुवात भएको संचालकले बताएका छन् । करिब एक महिनादेखि संचालनमा आएपनि सोमबार मात्र यसको उद्घाटन गरिएको हो ।

यो पार्कमा बच्चादेखि सिनियरसम्मले मनोरञ्जन लिने सक्ने बताइएको छ । आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ्ग, जीपलाइन, क्लाइम्बिङ्ग लगायतका इन्डोर र आउटडुअर खेलहरूको मनोरञ्जन यो  पार्कमा लिन सकिनेछ । 

नायिका प्रियंका कार्कीले पार्कको उद्घाटन गर्दै भनिन्–‘उप्स इन नेपालमा आएपछि परिवारका सबै सदस्यले मनोरञ्जन लिन पाउनुहुनेछ । ठूलो स्पेश भएका कारण पनि धेरैले एकसाथ मनोरञ्जन लिन सक्नुहुनेछ ।

भारतमा स्थित होप उप भनिने फनपार्ककको सहयोगमा यो फेमिली फन पार्कको संचालन गरिएको हो । विभिन्न खेलको मज्जा एकै ठाउँमा दिएर परिवारलाई नै मनोरञ्जन दिलाउनु फन पार्कको मुख्य उद्देश्य हो ।