‘फर्की फर्की’को पोस्टरमा अनमोल र जसिता

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको फिल्म ‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पहिलो पोस्टरमा नायक अनमोल केसीलाई मात्र देखाएको निर्माणपक्षले दोस्रो पोष्टरमा भने नायिका जसिता गुरुङलाई पनि स्थान दिएको छ । 

सार्वजनिक पोस्टरमा अनमोल र जसिता रोमान्टिक देखिएका छन् । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म जेठको १० गतेबाट रिलिजमा आउँदैछ । ओम प्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । फिल्ममा अरुण रिजालको पनि लगानी छ । 

यो फिल्ममा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी छ । 

यो फिल्मलाई लिएर नायक अनमोल केसी निकै उत्साहित छन् । अनमोलले फिल्मको कथावस्तु, मेकिङ देखि सबै जनाको काम उत्कृष्ट रहेको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।