‘मलाई भाई, साथी भन्दा हुन्छ, मेघास्टारको ट्याग चाहिदैन’: अनमोल केसी

बिहिबार सार्वजनिक गरिएको फिल्म ‘फर्की फर्की’को ट्रेलरमा पनि नायक अनमोल केसीलाई ‘मेघास्टार’को ट्याग दिइएको छ । यसअघि फिल्म ‘ए मेरो हजुर ३’मा पनि अनमोलको नाम अगाडि यही ट्याग समावेश गरिएको थियो । 

तर, नायक अनमोल केसीले भने आफूलाई कुनै ट्यागमा रुची नभएको बताएका छन् । तपाइलाई यो ट्याग दिन किन आवश्यक पर्यो त भन्ने प्रश्नमा अनमोलले भने–‘मलाई मेरो बुबा आमाले दिएको नाम भनेको अनमोल केसी हो । न त म आफूलाई मेघास्टार मान्छु, न त सुपरस्टार ठान्छु । मैले भर्खरै त १० वटा फिल्म खेलेँ, अझै पनि सिक्दै छु । खेल्नु छ । मलाई त तपाइहरुले साथी, भाई भन्दा पनि पुग्छु । म यो ट्यागमा विश्वमा गर्दिनँ । मलाई सबैले माया गरेर भन्नुहुन्छ भने म स्विकार गर्छु । तर, भन्नु भएन भने दुखी हुन्नँ । मलाई त मेरो देशको कुना–कुनामा अनमोल केसी भनेर चिनिन पाए पुग्छ ।’

नायक केसीले आफू अहिले प्रेममा नरहेको पनि स्पष्ट पारेँ । फिल्म ‘फर्की फर्की’की नायिका जसिता गुरुङसँग अनमोलको प्रेम चर्चा छ । तर, अनमोलले जसिता आफ्नो राम्रो साथी भएको स्पष्ट बारे । उनले, जसितासँग काम गर्न पाउँदा खुशी लागेको तर्क गरे । साथै, फिल्म हेरेपछि यो जोडी किन पहिले पर्दामा आएन भन्ने प्रतिक्रिया आउने पनि अनमोलको तर्क छ । 

जेठ १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’लाई लिएर अनमोल उत्साहित छन् । यो फिल्मले अनमोलको स्टारडमलाई अझै अगाडि बढाउने विश्वास गरिएको छ ।