यसरी जोडीए सप्तरंग-२मा प्रकाश सपुत

गृष्मा इन्टरटेन्मेन्टले ‘सप्तरंग’ को दोस्रो सिजनका लागि सात कलाकारको चयन गरेको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवद्र्धन र समुन्नतिको अभियानका रुपमा संचालन गर्नेछ ।

पहिलो सिजनमा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, अन्जली अधिकारी, सन्दीप क्षेत्री र दिपाक बिष्ट अनुबन्धित भएका थिए । दोश्रो सिजनमा भने सातैजना सप्तरंगका लागि नयाँ कलाकार रहेका छन्  । दोस्रो सिजनका लागि कलाकार राजेश हमाल, मेलिना राई, सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपूत, रवि ओड र जितु नेपालसँग सम्झौता भइसकेको छ ।

सप्तरंग सिजन २ प्रवेशको विषयमा प्रकाश सपुतले मेरो फिल्मसंग केहि कुरा सेयर गरेका छन् । उनको यो टिम संगको सहकार्य खासै चाख लाग्दो त छैन । संस्था प्रमुख गृहेन्द्र घिमिरेले सम्पर्क गरे पस्चात उनी यो टिममा जोडिए । घिमिरेको प्रस्ताव केहि नसोची एकै पटकमा उनले हुन्छ भनिदिए ।

एक चर्चित सेलिब्रेटीले कुनै निर्णय लिन केहि समय त लिने नै गर्छन् । किनकि त्यसको फाइदा र बेफाइदाको बिषयमा सोच्न  जरुरी हुन्छ । तर उनले त्यसो गरेनन् । किन त त्यस्तो ? भन्दा उनले भने “म पहिलो संस्करणबाट नै सप्तरंगलाई फलो गर्दै आएको थिए । बिल्कुल फरक प्रयास देखेर मनमा कही कतै यो टिमसंग जोडिन पाए भन्ने लोभ जागेको थियो । यसै बीच वहाहरुबाट नै प्रपोज आए पछि नाइँ भन्ने कुरै भएन ।”

सांगीतिक यात्रालाई लिएर आफु एकदम सकारात्मक र आशावादी रहेको उनले बताए । साथै अन्य सम्माननीय सेलिब्रेटीसंग एकसाथ काम गर्न पाएकोमा आफुलाइ भाग्यमानी ठान्छन् सपुत ।