छायांकनमा गायक परियारको डेब्यु फिल्म

गायक प्रेम परियार अभिनित फिल्म ‘पर्खि बसे फर्कि आउछु’ को शुभ मुहुर्त भएको छ । प्रेमको डेव्यु फिल्मको सोमबार दाङ जिल्लाको तुलसीपुरमा मुहूर्त गरिएयो । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्मको सोमबारबाटै छायांकन सुरु गभएको छ । पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक गिरीको प्रमुख आतिथ्य रहेको मुहूर्तमा मुख्य कलाकार प्रेम परियार, समिक्षा बस्नेत र देव सागरले मुर्हत सर्ट दिए ।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको छन् । लभ स्टोरी जनराको फिल्ममा प्रेम परियार, समिक्षा बस्नेत र देव सागरसँगै पदम तामाङ, सुशिल गौतम, सुशिल पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज विसी लगायत कलाकारको अभिनय रहनेछ ।