‘प्रेम संसार’ ट्रेलर

मंसिर १३ गरे बाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम संसार’को ट्रेलर सार्बजनिक भएको छ । फिल्ममा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगायातको अभिनय रहेको छ । सोनी फिल्म्सको ब्यानारमा राम गौतमको निर्देशन रहेको फिल्मको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माता रहेका छन् । फिल्ममा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र  सारा शंखर र राम गौतमको कोरियोग्राफी, दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।