गायक राईको घरमा आगलागी

गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वर स्थित उनको घरमा सोमबार साँझ आगलागीको समाचार सार्वजनिक भएको छ ।

आगलागीबाट मानवीय क्षती नभए पनि अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन्  । राई यतीबेला साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं बाहिर छन् । उनले ‘दर्शकको माया र आशिर्वादको अगाडी यो पीडा केहि पनि होइन । अवार्ड जले पनि आशिर्वाद काफी छ ।’ भन्दै सम्पूर्ण सहयोगी मनमा आभार ब्यक्त गरेका छन् ।