फिल्म ‘रातो टिका निधारमा’ शीर्ष गीत सार्वजनिक

फिल्म रातो टिका निधारमा को शीर्ष गीत सार्वजनिक भएको छ । अशोक शर्माकै फिल्म ‘अल्लारे’ को रिमेक गीतमा प्रमोद खरेल र मेलिना राइको आवाज रहेको छ भने पहिला उक्त गीत उमेश पाण्डे र रमाना श्रेष्ठले गएका थिए । सहदेव ढुंगानाको शब्द रहेको गीतको कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका हुन् । संगीतकार सम्भुजित बास्कोटाको संगीत रहेको गीतको भिडियो सम्पादन मित्र देव गुरुङले गरेका हुन् ।

दशैँको मुखमा पारेर सार्वजनिक गरेको गीतको माहोल रोमान्चक छ । फिल्मका सम्पूर्ण मुख्य कलाकारलाई भिडियोमा समेटेर अझ रोचक बनाउने प्रयास निर्माण टिमले गरेको छ । गीत जनमानसले रुचाइने पक्का छ ।

अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा डेब्यु नायक अंकित शर्मा रहेका छन् । फिल्म किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्म मित्र देव गुरुङले सम्पादन गरेका हुन् । फिल्ममा साम्राज्ञी आर एल शाह र अंकित संगै नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ लगायतको अभिनय छ ।