युट्युब पत्रकारसँग साम्राज्ञीको आक्रोस-हेडलाइन बङ्ग्याएर बेइज्जत गरे

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह केहि दिन देखि इन्स्टाग्राममा सक्रिय रहेकी छन् । केहिदिन अगाडी आफुले फिल्मको सुटिङका बेला भोगेको तितो अनुभव सेयर गरेकी थिइन् भने हिजो भुवन केसीले जापानमा गरेको दुव्र्यवहारका बारेमा खुलेर बोलेकी थिइन् ।
उनले कुनै मिडियामा नगई आफैँ इन्स्टामार्फत आफ्नो तितो अनुभव आफ्ना दर्शकमाझ साटिरहेकी छन् ।

केहि दिनदेखि मिडियामा छाइरहेकी साम्राज्ञीले आज फेरि अर्को कुरा पोष्ट गरेकी छन् । उनले केहिदिन देखि युट्युव पत्रकार भनिनेले अन्तरवार्ताका लागि बारम्बार फोन गर्ने गरेको बताएकी छन् । उनले इन्स्टा मार्फत आफुलाई अन्तरवार्ताका लागि फोन आएको तर युट्युब पत्रकारलाई अन्तरवार्ता नदिनुको कारण खुलस्त पारेकी छन् । युट्युव पत्रकारले आफ्नो लाष्टै बेइज्जत गरेको बताएकी छन् । बोलेको कुरा भन्दा फरक हेडलाईन बनाएर युट्युवरले आफ्नो वेइज्जत गरेको र फेरि वेइज्जत हुनका लागि आफु अन्तरवार्ता नदिन नचाएका उनको भनाईछ ।
आफुलाई बेइज्जत गराएर युट्युब पत्रकारले पैसा कमाएको समेत आरोप लगाएकी छन् । यस्ता युट्युवरबाट आफुलाई आफु वाक्क दिक्क भएको र युट्युवको हेडलाईन देखेर टाउको दुख्ने र औषधी नै खानु पर्ने बताएकी छन् । आफुले युट्युवरलाई अन्तरवार्ता नदिनुको कारण यहि भएको उनको भनाईछ । उनी थप्छिन्, ‘मलाई मात्र होइन धेरै कलाकारहरुलाई यस्तै बनाइरहेका छन् । हामीलाई नराम्रो बनाएर पैसा कमाउने । बरु हामीलाई पनि पैसा देउ । लाइसेन्स छ की छैन थाहा छैन तर क्यामेरा र माईक बोक्या छ अन्तरवार्ता भन्या छ । ’
उनले खुलेर युट्युवरको चर्को आलोचना गरेकी छन् । उनको बोलीमा युट्युवर माथी शब्दका प्रहार भएका छन् । बरु आफै युट्युव चलाएर बस्नुपर्ला पैसा पनि आउने रहेछ भन्दै युट्युव माथी व्यङ्ग्य गरेकी छन् ।

उनले फिल्म प्रमोशनका बेला फिल्म निमार्ता निर्देशकलाई युट्युवरसँग अन्तरवार्ता नदिम बरु रेडियो टेलिभिजनमा दिनुपर्छ भन्दा नमानेको उनको आरोप छ । उनी भन्छिन्, ‘डिरेक्टरले पैसा तिरेको छ अन्तरवार्ता दिनुपर्छ अरु भन्दा पनि भ्युज राम्रो छ । ’ भन्दै अन्तरवार्ताका लागि अगाडी सार्ने गरेको आरोप लगाएकी छन् ।